०९ असार २०८३, मंगलबार

रोशी गाउँपालिकाको वडाध्यक्षमा लामाको स्वतन्त्र उम्मेदवारी

बैशाख ११, २०७९
रोशी गाउँपालिकाको वडाध्यक्षमा लामाको स्वतन्त्र उम्मेदवारी

काभ्रेको रोशी गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश (ख) का कोषाध्यक्ष चन्द्रबहादुर लामाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश प्रतिनिधिसमेत रहेका लामा यसअघि स्थानीय तहको चुनावमा सोही वडाबाट चार मतले राप्रपाका वडा अध्यक्ष धनजित लामासँग पराजित भएका थिए ।

लामाले आफूलाई जिल्लामा फरक टिमको भन्दै कांग्रेस जिल्ला सभापति तीर्थ लामा, गणेश लामा, दावा लामासहितले टिकट दिनबाट रोकेको बताए । तरुण दल बागमती प्रदेश सदस्यसमेत रहेका लामाले जनताको जनमतको कदर नगरी पूर्वाग्राही ढंगबाट प्यानल हेरेर टिकट वितरण गरेपछि यसको विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
 
पार्टीमा पुँजीपति हावी हुनुका साथै गुटलाई प्रोत्साहन गरी क्रियाशील कार्यकर्तालाई पन्छाउने तत्वहरु हावी भएकोले जनताको इच्छा बमोजिम उम्मेदवारी घोषणा गरेको लामाले बताए ।
 
जिल्लामा तीर्थ लामा समूहले नेपाली कांग्रेसमा क्रियाशील रहेको आधार भन्दा पनि आफू निकट रहेका व्यक्तिहरुलाई स्थानीय तहको निर्वाचनको उम्मेदवार बनाउने गरको उनको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्