
सामाजिक-सांस्कृति अभियन्ता राजानन्द माण्डव्यले बनेपा नगरपालिकाको मेयरका लागि उम्मेद्वारी दर्ता गराएका छन् । बनेपा नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका हुन् । उम्मेद्वारी दर्ता पछि उनले ‘सबैको साथ, बनेपाको विकास’ भनेका थिए । उनको प्रस्तावक मुक्तिनाथ बजगाईं र समर्थकमा श्रीराम दाहाल थिए ।
उनले नगर विकासको प्रतिबद्धतासहितको २५ बुँदे घोषणा पत्र पनि जारी गरिसकेका छन् । एक नगर एक एम्बुलेन्स, दमकल र शवबाहन, जनताको लगानीः जनताको मुनाफा, एक गाउँः एक उद्योग लगायतका विषयलाई उनले प्राथमिकता दिएका छन् ।
लामो सयमा सामाजिक–सांस्कृतिक अभियान्तका रुपमा कार्यरत उनले प्रशासनिक पदमा बसेर नीति योजना निर्माण गरी समाज परिवर्तन गर्ने सोचका साथ उम्मेद्वारी दिएको बताउँदै आएका छन् ।