
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार आठौं हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।
लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
यससँगै जारी सिजन लखनउले पाँचौ जित निकालेको छ ।
नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक जोडेको छ ।
मुम्बई ८ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
यस सिजन मुम्बई जित विहीन रहने एक्लो टोली हो ।