११ असार २०८३, बिहीबार

लागूऔषध कारोबारीको 'ट्रान्जिट हब' बन्दै नेपाल

बैशाख १२, २०७९
लागूऔषध कारोबारीको 'ट्रान्जिट हब' बन्दै नेपाल
फाइल तस्वीर

लागूऔषध  ओसारपसार  तथा  कारोबारमा  संलग्न  अन्तर्राष्ट्रिय  आपराधिक  समूहका  लागि  नेपाल 'ट्रान्जिट हब’ बन्ने गरेको पाइएको छ ।

दक्षिण अफ्रिकाबाट हवाई मार्ग हुँदै काठमाडौँ भित्रिएको सात किलो सेतो हेरोइन भारत पठाउने तयारी गरिहेको अवस्थामा लाजिम्पाटबाट बरामद भएपछि सो रहस्य खुलेको हो ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले दक्षिण अफ्रिकाको जोहानसबर्ग, कतारको दोहा हुँदै त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलबाट  काठमाडौँ  भित्रिएको उक्त लागू औषध लाजिम्पाटस्थित विदेशी महिलाको साथबाट बरामद गरेको हो ।

लागूऔषध बोेकेर नेपाल आएकी जाम्बियाकी नागरिक  ३५  वर्षीया  कोपुतुला  अविसार्ग  र  लागूऔषध  बुझ्न  आएकी  भारतीय  नागरिक  ३५  वर्षीया लाल नुनपुई पक्राउ परेका हुन् ।

भिजिट भिसामा काठमाडौँ  प्रवेश  पाएकी  अविसार्गले  सुटकेसभित्र  फल्स बटम बनाई लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तमा अविसार्ग विद्यार्थी र नुनपुईले रेस्टुरेन्टमा काम गर्ने वेटर भएको हुलिया खुलाएका छन् ।

ब्युरो प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठ  दुवैजना  लागूऔषध  ओसारपसारमा  संलग्न  अन्तर्राष्ट्रिय  गिरोहको  सदस्य  भएको  हुनसक्ने  बताउँछन् ।  

प्रहरीलाई  प्राप्त  विशेष  सूचनाका  आधारमा ब्युरो प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पिछा गरेको थियो । ब्युरो प्रवक्ता श्रेष्ठका अनुसार यतिको हेरोइन बरामद भएको यो घटना पहिलो हो । यसअघि कोकिन र अफिम पनि ठूलो परिमाणमा बरामद हुने गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्