३१ जेठ २०८३, आइतबार

ओलीको गृह नगरमा गठबन्धनसँग राप्रपाको तालमेल

बैशाख १२, २०७९
ओलीको गृह नगरमा गठबन्धनसँग राप्रपाको तालमेल

राजेन्द्र  लिङ्देनले  नेतृत्व  गरेको  राप्रपा  पनि  झापामा  गठबन्धनको  चुनावी  तालमेलमा  सहभागी  बनेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेदवारसहित दुईवटा वडाध्यक्ष पाउनुपर्ने सर्तसहित राप्रपा तालमेलमा सहभागी भएको हो ।

नेपाली  काँग्रेससहितको  गठबन्धनबाट  थापा  नगर प्रमुखमा र माओवादी केन्द्रका नेता गगन पुरी उपप्रमुखको  उम्मेदवार  बनेका छन्  ।

 यसभन्दा  अघि भएको पहिलो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा राम थापाले दोस्रो र गगन पुरीले तेस्रो धेरै मत पाएका थिए ।

नगर प्रमुखमा नेकपा एमालेका रोमनाथ ओली विजयी बनेका थिए ।

राप्रपालाई    मेयरसहित    दुईवटा    वडा,    माओवादीलाई उपमेयरसहित दुईवटा वडा र काँग्रेसलाई छवटा वडा तथा जसपा, नेकपा एसलगायतका दललाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्