
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसद समेत रहेका कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रवार बसेको एमाले सचिवालय बैठकले दीपक पौडेलको नाम सिफारिश गरेको थियो । पौडेलको नाममा विवाद भएपछि एमालेले पुनर्विचार गरेको हो ।
उपमेयरमा भने मञ्जु गुरुङ नै उम्मेदवार बन्ने तय भएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
एमालेले काठमाडौंको मेयरका लागि केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।