०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

काठमाडौं महानगरको उपप्रमुखसहित नेकपा (एस)ले टुंग्यायो महानगर-उपमहानगरका उम्मेदवार

बैशाख १२, २०७९
काठमाडौं महानगरको उपप्रमुखसहित नेकपा (एस)ले टुंग्यायो महानगर-उपमहानगरका उम्मेदवार

नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं महानगरको उपप्रमुखसहित आफूले पाएका ६ वटै पालिकामा उम्मेदवार टुंग्याएको छ ।

केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीचको भागबण्डाअनुसार उम्मेदवार टुंग्याएको हो । 

नेकपा (एस)ले महानगर प्रमुख १, उपमहानगर प्रमुख १, महानगर उपप्रमुख १ र उपमहानगरपालिका उपप्रमुख ३ पाएको छ । 

पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य, हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीना लामा, काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरिमा केशवकुमार विष्ट, बुटवलमा चीनबहादुर गुरूङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा (एस)ले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्