
जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुखका लागि नेपाली कांग्रेसले किशोरी साहलाई टिकट दिएको छ ।
नेपाली कांग्रेसका पुराना नेता रहेका साह जनकपुर नगरपालिका हुँदा यसअघि पनि उपमेयर भइसकेका व्यक्ति हुन् ।
सत्ता गठबन्धनको सहमतिअनुसार त्यहाँ जसपाले मेयर पाएको छ भने नेपाली कांग्रेसले उपमेयर पाएको छ ।
जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टीले मेयरमा यसअघिका निवर्तमान मेयर लालकिशोर साहलाई टिकट दिएको छ । नेपाली कांग्रेसका मेयरका दाबेदार मनोज साहले पार्टीबाट राजीनामा दिँदै स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।