
हेटौंडा उपमहानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।
वडा नम्बर २ मा कांग्रेस नेता सुदीप राजवाहकले बागी उम्मेदवारी दिएका हुन् ।
पार्टीले रविन्द्रराज घिमिरेलाई टिकट दिएपछि राजवाहकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गत निर्वाचनमा कांग्रेसबाट उनी मात्रै वडा सदस्य निर्वाचित भएका थिए ।