कुर्स्क क्षेत्रमा युक्रेनका दुईवटा ड्रोन खसाइएको उक्त क्षेत्रका गभर्नर रोमन स्टारोभोइतले बताएका छन् ।
क्षेत्रको सुरक्षालाई रुसको वायुरक्षा प्रणालीले सुनिश्चित गरेको उनको भनाइ छ ।
‘घटनाका कारण कोही पीडित भएको छैन, हताहती र विनाश पनि भएको छैन । परिस्थिति नियन्त्रणमा छ,’ उनले बताए ।
यसअघि उक्त क्षेत्रमा पहेंलो जोखिम स्तरको घोषणा गरिएको थियो ।