×

NIC ASIA

एमालेले टुंग्यायो कर्णालीका उम्मेदवार

बैशाख १२, २०७९

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुंगो लगाएको छ ।

प्रदेश कमिटीको सुर्खेतमा आइतवार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका २ स्थानीय तहका प्रमुख/उपप्रमुखसहित ४ तथा हुम्लाका ७ स्थानीय तहका उपप्रमुखबाहेक सबै तहको टुंगो लगाएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले प्रमुख/उपप्रमुख गरी सुर्खेतका १८, सल्यानका २०, रुकुम पश्चिमका १२, मुुगुका ८, कालीकोटका १८, जुम्लाका १६, जाजरकोटका १४, दैलेखका १८, डोल्पाका ५ तहका प्रमुख/उपप्रमुख टुंगो लगाएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

हुम्लाका ७ स्थानीय तहका प्रमुख पद मात्र टुंग्याएको छ । 

Vianet communication

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा एमालेले मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल पार्टी केन्द्रीय सदस्य र हाल नगर उपप्रमुख छन् ।

प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र हुम्लाका बाँकी पदमा निर्णय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको बताए । दैलेखका भैरवी गाउँपालिका र आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुख पदको निर्णय गर्न केन्द्रमा पठाइएको थियो । केन्द्रले पनि आइतवार राति नै ती पालिकाको टुंगो लगाएको छ ।

आठबीस नगर प्रमुखमा तर्कबहादुर बडुवाल, उपप्रमुखमा कल्पना थापा र भैरवी गाउँपालिका अध्यक्षमा सर्वराज महतारा, उपाध्यक्षमा पदमकुमारी विष्टको नाम केन्द्रले टुंग्याएको छ ।  

डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरको प्रमुख/उपप्रमुख पदमा पनि प्रदेश कमिटीले सिफारिस गरेको छैन । कर्णालीअन्तर्गत सुर्खेतमा ९, दैलेखमा ११, सल्यानमा १०, रुकुम पश्चिममा ६, जाजरकोटमा ७, कालीकोटमा ९, जुम्लामा ८, मुगुमा ४, हुम्लामा ७ र डोल्पामा ७ स्थानीय तह छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x