११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

केशव स्थापित र सुनिता डंगोलले यसरी दर्ता गराए उम्मेदवारी [तस्वीरहरू]

बैशाख १२, २०७९
केशव स्थापित र सुनिता डंगोलले यसरी दर्ता गराए उम्मेदवारी [तस्वीरहरू]

एमाले उम्मेदवार केशव स्थापित र सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । 

सोमवार दिउँसो राष्ट्रिय सभागृह पुगेर स्थापितले महानगर प्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उनीसँगै एमालेकै तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी सुनिता डंगोलले पनि मनोनयन दर्ता गराइन् ।

स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् भने डंगोल मिस नेवा २०११ हुन् । 

स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।

अघिल्लोपटक पनि मेयरको उम्मेदवार बन्न प्रयास गरेका स्थापितलाई अन्तिम समयमा विद्यासुन्दर शाक्यले पछि पारेका थिए ।

अहिले उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहसँग हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्