२३ असार २०८३, मंगलबार

बुटवलको मेयरमा गठबन्धनको तर्फबाट पाण्डेले गराए उम्मेदवारी दर्ता

बैशाख १२, २०७९
बुटवलको मेयरमा गठबन्धनको तर्फबाट पाण्डेले गराए उम्मेदवारी दर्ता

बुटवल उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता खेलराज पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले शक्ति प्रदर्शन सहित आएर उम्मेदवारी दर्ता गरेका हुन् ।

पाण्डे गएको निर्वाचनमा पनि उम्मेदवार थिए ।

उनी एमालेका शिव राज सुवेदीसँग २ हजार ३०० मत अन्तरले पराजित भएका थिए ।

कांग्रेसलाई ११ बजे समय दिएर १ बजे मात्र शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ताका लागि आएका थिए ।

उम्मेदवारी दर्ता गरेर पत्रकारसँग कुरा गर्दै पाण्डेले बुटवलमा आफूले जिते सुकुम्बासी समस्या समाधान गर्ने बताए ।

उनले सडक व्यवस्थित गर्ने योजना पनि आफूसँग रहेको दाबी गरे ।  

salt training

कमेन्ट गर्नुहोस्