
काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार एमालेका केशव स्थापितले गठबन्धनको उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका छन् ।
सोमवार उम्मेदवारी दर्ता गराउँदै स्थापितले आफू ‘सक्सेसफुल मेयर’ भएको भन्दै आफूले नै जित्ने दाबी गरेका छन् ।
‘५४ सालमै ८४ हजार मत ल्याएको हुँ,’ उनले भने, ‘अहिले जति मत गठबन्धनले ल्याउँछ त्यसको दोब्बर ल्याउँछु ।’
स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।
अघिल्लोपटक पनि मेयरको उम्मेदवार बन्न प्रयास गरेका स्थापितलाई अन्तिम समयमा विद्यासुन्दर शाक्यले पछि पारेका थिए ।
अहिले उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहसँग हुँदैछ ।