
काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मनोनयन दर्ता गर्न कांग्रेस उम्मेदवार सिर्जना सिंह राष्ट्रिय सभागृहमा पुगेकी छिन् ।
कांग्रेसले सिंहलाई काठमाडौं महानगरपालिका प्रमुखको टिकट दिने निर्णय सोमवार मध्याह्न मात्र गरेको थियो । सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
काठमाडौंको उपप्रमुख भने गठबन्धन सहयात्री नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उक्त पार्टीबाट रामेश्वर श्रेष्ठ उम्मेदवार बन्दैछन् ।
यसअघि एमाले उम्मेदवार केशव स्थापितले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।