
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता गराउन कांग्रेस महामन्त्री गगन थापा राष्ट्रिय सभागृह पुगेका छन् ।
रत्नपार्कस्थित शान्तिबाटिकाबाट र्यालीसहित उम्मेदवारी दर्ता गराउन नेतृ सिंह सोमवार सभागृह पुगेकी हुन् ।
सिर्जनाको उम्मेदवारी दर्ताको समयमा गगन थापा पनि पुगेका हुन् । काठमाडौं कांग्रेसको अधिवेशनमा गगन थापा र प्रकाशमान सिंहले सहकार्य गरेका थिए ।
गठबन्धनको साझा उम्मेदवार बनेकी सिर्जनाभन्दा अगावै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उम्मेदवारी दर्ता गराइसकेका छन् ।