२३ जेठ २०८३, शनिबार

बागमती नदीमा पक्की पुल निर्माण

बैशाख १२, २०७९
बागमती नदीमा पक्की पुल निर्माण
प्रतिकात्मक तस्वीर

बागमती प्रदेशको राजधानी हेटौंडा र सिन्धुली जोड्ने  सडकखण्ड अन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ ।

सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौंडाले जनाएको छ ।

पुल निर्माणले आवागमन सहज भएको छ । 
 
विक्रम संवत् २०६८ असार २९ गतेदेखि शुरू भएको पुल ११ वर्षपछि निर्माण भएको र पुलबाट सवारीसाधन आवागमन शुरू भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । 

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखा लगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो ।

तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा देखिएको राजमार्गलाई हाल मदन भण्डारी नामकरण गरिएको छ ।

मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म कूल ११५ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
 
२० करोड ६२ लाख रुपैयाँमा निर्माण हुने पुल ५ वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थप गरी २०७५ असोजसम्म बनाइएको थियो ।

पटक–पटकको म्याद थप हुँदा समेत काम नगरेपछि १० प्रतिशतको हर्जना समेत असूलउपर गरी पुल निर्माण सम्पन्न गराइएको कार्यालयका प्राविधिकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्