
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त र्यालीसहित रेनु दाहाल भरतपुर महानगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गर्न पुगेकी छन् ।
कांग्रेस जिल्ला सभापति राजेश्वर खनालसहित नेता/कार्यकर्तालाई अगाडि लगाएर रेनु उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेकी हुन् ।
गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका प्रमुख माओवादी केन्द्रको भागमा परेको छ । उपप्रमुखमा भने कांग्रेसले उम्मेदवारी दिँदैछ ।
रेनु अघिल्लोपटक पनि कांग्रेसकै समर्थनमा झिनो मतान्तरले विजयी भएकी थिइन् ।
यसपटक उनको मुख्य प्रतिस्पर्धा एमालेका विजय सुवेदीसँग हुँदैछ । सुवेदी स्थानीय स्थानमा भिजेका लोकप्रिय नेता हुन् ।