काठमाडौं, २९ असार- राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

बुधबार आयोगले मतदाता नामावली संकलनबारे जानकारी गराउन बोलाएपछि दलका प्रतिनिधिले निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोगले तोकेको १ देखि १५ साउनसम्मको समयसमेत उपयुक्त नभएको भन्दै पुनर्विचारका लागि आयोगलाई सुझावसमेत दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति एमालेको असन्तुष्टि रहेको बताए, राजधानी दैनिकमा खबर छ ।