२८ जेठ २०८३, बिहीबार

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

बैशाख १३, २०७९
तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएका छन् । ती दलबाट निर्वाचित भएर पालिकाको नेतृत्व गरेका १० जना पुनः उम्मेदवार बनेका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा कांग्रेसबाट बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनेका छन्। विसं २०७४ को निर्वाचनमा उहाँ व्यासको प्रमुखमा निर्वाचित भएका थिए । व्यासको उपप्रमुखमा निर्वाचित मीरा जोशीले भने यसपटक टिकट पाइनन् । व्यासको उपप्रमुखमा कांग्रेसले इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट दुर्गबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

आँबुखैरेनीको अध्यक्षमा कांग्रेसबाट गिरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् ।  गत निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भने टिकट पाइनन् । आँबुखैरेनीको उपाध्यक्षमा कांग्रेसबाट पवित्रा गौलीले उम्मेदवारी दर्ता गरेकी छन्। बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिएका छन् । उनीहरु दुवै जना गत निर्वाचनमा निर्वाचित भएका थिए । 

म्याग्देको अध्यक्षमा कांग्रेसबाट माया राना र उपाध्यक्षमा बालकृष्ण घिमिरे दोहोरिएका छन् । उनीहरूले पनि गत निर्वाचनमा जित हासिल गरेका थिए  । भिमाद नगरपालिकाको उपप्रमुखमा एमालेबाट शारदा खनाल दोहोरिएका छन्। एमालेबाट भिमादको प्रमुखमा निर्वाचित मेखबहादुर थापाले यसपटक टिकट पाएनन् ।  भिमादको प्रमुखमा एमालेले दधिराज सुवेदीलाई उम्मेदवार बनाएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट राजेन्द्रकृष्ण श्रेष्ठ र गिनुमाया थापा दोहारिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्