२१ जेठ २०८३, बिहीबार

सरकारमा जान राप्रपालाई

कात्तिक २०, २०७४
सरकारमा जान राप्रपालाई
काठमाडौँ, २९ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका लागि चार मन्त्रालय छुट्याए पनि उसलाई तत्काल सरकारमा नल्याउने भएका छन् ।rpp

अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी केन्द्र र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककै मन्त्रीहरू मात्र हुने कान्तिपुरले खबर छापेको छ । प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विदेशबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । दाहाल साउन ३० गते फर्कंदै छन् ।

संविधान संशोधनमा एकढिक्का नहुने भएपछि राप्रपालाई उपप्रधानमन्त्री दिन सत्ताघटक कांग्रेस र माओवादी दुवै तयार छैनन् । उपप्रधानमन्त्री नपाउने भएपछि सरकारमा जाने कि नजाने भन्नेमा राप्रपामा पनि मतान्तर छ । प्रधानमन्त्री देउवा पार्टीभित्रकै आन्तरिक व्यवस्थापनमा जुटेका छन् । कांग्रेस र माओवादीले २० मन्त्रालय भागबन्डा गर्ने सहमति बने पनि दुई दलले कति/कति लिने भन्ने टुंगो लागिसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्