०४ साउन २०८३, सोमबार
ओलीको बोली

'देउवालाई देश बनाउने एजेन्डा सोध्नुस् त, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भन्छन्'

बैशाख १३, २०७९
'देउवालाई देश बनाउने एजेन्डा सोध्नुस् त, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भन्छन्'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग देश बनाउने एजेन्डा नभएको बताएका छन् । 

मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई देशको बारेमा कुनै चिन्ता नभएको बताएका हुन् । 

‘कांग्रेसका सभापति शेरबहादुर देउवालाई सोध्नुस् त देश बनाउने एजेन्डा के छ भनेर,’ उनले भने, ‘जवाफ सजिलै छ- तपाईं बढ्ता बोल्दै हुनुहुन्छ । नपत्याए सोधेर हेर्नुस् त ।’ 

कांग्रेसलाई जनताका बारेमा चिन्ता नभएको भन्दै उनले कांग्रेसलाई सत्ता टिकाइ राख्न मात्रै चासो भएको आरोप लगाए । 

कमेन्ट गर्नुहोस्