×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

गठबन्धन बालुवाको लड्डु हो, एमाले एक्लैले ६० प्रतिशत स्थान जित्छ– विष्णु पौडेल [अन्तर्वार्ता]

‘एमाले एक्लै बहुमत ल्याउन सक्षम छ, माओवादीसँग भविष्यमा पनि तालमेलको सम्भावना छैन’

बैशाख १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन (वैशाख १२ गते) एमाले उपाध्यक्ष विष्णु पौडेल गृहजिल्ला रूपन्देही आइपुगेका थिए । बुटवल उपमहानगरपालिका लगायत देशका विभिन्न स्थानमा उम्मेदवार मनोनयनमा भएको उपस्थिति देखेर उत्साही पौडेलले ६० प्रतिशत स्थानीय तहमा एमालेले जीत हासिल गर्ने दाबी गरे । उम्मेदवारको मनोनयनलगत्तै बुटवलस्थित एमाले लुम्बिनी प्रदेश कमिटीको कार्यालयमा लोकान्तरका लागि विमल गौतम, सुशील पन्त र प्रकाश आचार्यले उपाध्यक्ष पौडेलसँग स्थानीय निर्वाचनको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् ।

Muktinath Bank

प्रस्तुत छ, सदाबहार शालीन, भद्र र लागेको काम फत्ते गरेरै छाड्ने स्वभावका नेता पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक स्थानीय तहको उम्मेदवार छान्न कत्तिको सकस भयो ? 


Advertisment
Nabil box
Kumari

हामीले सहज ढंगले उम्मेदवार चयन गर्‍याैं, अरू पार्टीको तुलनामा । यसअघिको तुलनामा उम्मेदवार बन्ने आकांक्षा, त्यसका निम्ति पहल र प्रयासहरू तुलनात्मक रूपमा बढी देखियो, जुन स्वाभाविक थियो । पार्टी निर्वाचनमा जाँदैछ भने त्यसका लागि नेता/कार्यकर्ताले म योग्य छु भनेर दाबी प्रस्तुत गर्नुलाई म स्वाभाविक ठान्छु । हामीले एउटा व्यवस्थित प्रणाली स्थापित गरेका थियौं । त्यसअनुसार साथीहरूले इच्छा व्यक्त गर्नुभयो र सहज ढंगले नै छनोट भयो । लोकतान्त्रिक र वैज्ञानिक विधि निर्धारण गरिएको हुनाले उम्मेदवार छान्न एमालेलाई कुनै समस्या भएन । 

Vianet communication
Laxmi Bank

उम्मेदवार छनोटका आधार के थिए ? 

उम्मेदवार छनौटको आधार सम्बन्धित व्यक्तिको लोकप्रियता, निजको निष्ठा, क्षमता र योगदान थियो । पार्टीले बनाएको मापदण्डको आधारमा नै उम्मेदवार छानिएका हुन् ।

उम्मेदवारी मनोनयनअघि नै यहाँ पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन थुप्रै जिल्ला पुग्नुभयो । यसपटक मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? 

मनोनयनको दिनसम्म आइपुग्दा नेकपा एमालेको पक्षमा असाधारण आकर्षण देखिएको छ । उम्मेदवारलगायत एमालेका कार्यकर्तामा असाधारण उत्साह र आत्मविश्वास छ । मनोनयनको बेला देखिएको उत्साहले यसपटकको निर्वाचनमा विजयी हुने शक्ति एमाले हो भन्ने कुराको शुरूमै संकेत गरेको छ । 

तर, राम्राभन्दा हाम्रा मान्छेले टिकट पाए भन्ने व्यापक गुनासो छ नि !

हाम्रा त हाम्रै हुन्, एमालेले एमालेकै मान्छे छान्ने हो । कांग्रेस, माओवादी र जसपाका छान्ने कुरा भएन । हाम्रा भनेको एमालेका छानिएका छन् । व्यक्तिले आफ्ना मान्छे छानेको होइन, जनताको माझमा, कार्यकर्ताको माझमा काम गरिरहेका, कार्यकर्ताले छानेका, जनताले चाहेका मान्छे उम्मेदवार बनेका छन् । 

सत्तारुढ दलहरू गठबन्धन बनाएर चुनावमा होमिएका छन् । पाँचदलीय गठबन्धन एमालेका लागि चुनौती हो कि होइन ? उनीहरूको तालमेललाई कसरी सामना गर्नुहुन्छ ? 

यो गठबन्धन पानीको फोका जस्तै हो । गठबन्धन बालुवाको लड्डु जस्तै हो । गठबन्धनको अवस्था के छ भन्ने कुरा सडकमा देखिसकिएको छ । राष्ट्र र जनताको हित होइन, संकीर्ण स्वार्थका निम्ति बनेको अपवित्र गठबन्धनले हाम्रा लागि चुनौती बन्न सक्ने हैसियत राख्दैन ।  यो गठबन्धन सिद्धान्तहीन, अनैतिक र लक्ष्यहीन ढंगले बनेको स्वार्थको गठबन्धन हो । यो गठबन्धनलाई जनताले अस्वीकार गरेका छन् । यो गठबन्धन अरूका हाम्रा निम्ति चुनौती खडा गर्न होइन, आफ्नो अस्तित्व रक्षाका निम्ति बनेको हो । गठबन्धनका सन्दर्भमा सामना भन्ने शब्दको प्रयोग असान्दर्भिक मात्रै होइन, अनुचित पनि हुन जान्छ । 

हामी जनतामा गइरहेका छौं । जनताको विश्वाससहित शानदार ढंगले चुनाव जित्दैछौं । मैले भनिहालें, यो गठबन्धन बालुवाको लड्डु वा पानीको फोका जस्तो । जतिसुकै डल्लो पार्न खोजेपनि बालुवाको लड्डु बन्छ ? यो त एमालेले फू गर्‍यो भने फुट्छ । गठबन्धनको अवस्था के छ भन्ने देखिएकै छ । तपाईं चितवनमा हेर्नुस्, काठमाडौंमा हेर्नुस्, गठबन्धनको अवस्था के छ भनेर । त्यसैले यसलाई हामीले गणना गरेका छैनौं । यसलाई चुनौती ठानेका पनि छैनौं । 

पाँचदलीय गठबन्धनलाई अनैतिक भन्नुभयो । कमल थापा र एकनाथ ढकालको पार्टीलाई लिएर हिँड्ने एमालेचाहिँ कसरी नैतिक भयो ? 

पाँचदलीय गठबन्धनलाई हराउन एमाले एक्लै काफी छ । कमल थापा र एकनाथजीहरूले सूर्य चिह्न लिएर चुनाव लड्छौं भनेपछि उहाँहरूको गच्छेअनुसार केही ठाउँ दिएको मात्र हो । सूर्य चिह्नबाट चुनाव लड्नुको राजनीतिक र कानूनी अर्थ के हुन्छ, त्यो त सबैले बुझेकै छन् नि । 

गठबन्धनलाई पानीको फोका, बालुवाको लड्डु भन्नुभयो, यसअघि झिनो मतान्तरले जितेका ठाउँहरूमा एमालेलाई हराउन त गठबन्धन काफी होला नि ! 

गठबन्धनका दलहरूको एउटै उद्देश्य आफूले चुनाव जित्नेभन्दा पनि एमालेलाई हराउने भन्ने छ । एमालेको श्रेष्ठता, अग्रतालाई उहाँहरूले मञ्जुर गरिसक्नुभयो । एमालेलाई एक्लै जित्न सकिँदैन भनेर स्वीकार गरिसक्नुभयो । गठबन्धन नबनाई एमालेको सामना गर्न सक्दैनौं, एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भनेर स्वीकार गरिसक्नुभयो । एमाले सबैभन्दा बलियो, शक्तिशाली पार्टी हो, प्रतिपक्षमा भइकन पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने ल्याकत छैन भनेर उहाँहरूले गठबन्धन गर्नुभएको छ ।

झिनो मतान्तरको कुरा गर्दा अहिलेको निर्वाचन २०७४ सालको होइन भन्ने हेक्का राख्नुपर्छ । २०७९ सालमा आइपुग्दा जनमतमा व्यापक परिवर्तन भएको छ । २०७४ का मतदाताले पार्टीहरूप्रतिको मूल्यांकन अद्यावधिक गरेका छन् । ठूलो संख्यामा नयाँ मतदाताहरू राम्रो पार्टीलाई मतदान गर्ने मनस्थितिका साथ सहभागी हुँदैछन् । नयाँ मतदातामा एमालेको वर्चश्व छ । हिजो कांग्रेस र माओवादीलाई मतदान गरेका मतदाताले समीक्षा गरेका छन्, गल्ती महशुश गरेका छन् र उनीहरू यसपटक एमालेको पक्षमा छन् । 

दोस्रो कुरा, यसअघि चुनावमा दोस्रो, तेस्रो भएको अधिकांश स्थानहरूमा यसपटक एमालेले शानदार ढंगले विजय हासिल गर्दैछ । वीरगञ्ज महानगरमा एमालेले शानदार ढंगले जित्दैछ । यो खालको स्थिति देशभरी छ । त्यसले गर्दा यो निर्वाचनमा ७५३ मध्येएमाले एक्लैले ६० प्रतिशतभन्दा बढी पालिका र जनप्रतिनिधि जित्दैछ । 

तपाईंहरूले पछि पनि सोध्नुहुनेछ– ६० प्रतिशत भनेको के भयो भनेर ? सोध्दा मैले जवाफ दिन सक्नेगरी आत्मविश्वासका साथ भन्दैछु कि ६० प्रतिशतभन्दा बढी नै हामी जित्दैछौं । महानगरको कुरा गर्दा एकाध ठाउँमा चिप्लिइएछ भने बेग्लै कुरा हो, नत्र सबै, ६ वटै महानगरमा हामीले जित्दैछौं । 

यति धेरै ठाउँमा चुनाव जित्छौं भनेर ढुक्कसाथ भन्दै हुनुहुन्छ, यसपछाडिको सूचना या आधारचाहिँ के हो ? 

नेकपा एमालेको नेतृत्वमा मात्र विकास, समृद्धि सम्भव छ भन्ने कुरा हिजो एमालेले काम गरेका ठाउँमा स्थापित भएका मानकहरूले पुष्टि गर्छन् । दूरदराजका, सुदूरवर्ती क्षेत्रका, गाउँका ग्रामिण क्षेत्रका या शहरी क्षेत्रका मतदाता वा बुद्धिजीवी, यो वा त्यो पेशामा आवद्ध मतदातालाई गएर सोध्नुस् न । सबैले भन्छन्, देशको विकास गर्ने पार्टी एमाले मात्र हो भनेर ।  

एमालेले सरकारको नेतृत्व गर्दैगर्दा जे जस्ता काम गर्‍यो, विकासको, समृद्धिको र सामाजिक न्यायको मानक कायम गरेको छ । विकास र समृद्धि तथा सामाजिक न्यायको नायक एमाले हो । चुनाव जित्ने एउटा आधार यो हो । 

दोस्रो कुरा, हिजो अवसर पाएको बेला काम गरेको थियो, भोलि पनि यसले अवसर पायो भने गर्छ भन्ने कुरा जनताको मनमा गढेको छ । किन अरूको घोषणापत्रलाई आमजनताले पत्याउँदैनन् ? आलोचना पनि गर्दैनन् ? किन भन्दा, अरू पार्टीका घोषणापत्रमा टिप्पणी गर्नुको औचित्य नै छैन ।  एमालेको घोषणापत्रप्रति आमजनताको चासो छ । किन भन्दा एमालेले कार्यान्वयन गर्छ भन्ने विश्वास जनतामा छ । हिजो राम्रो गरेको थियो, घोषणापत्रमार्फत भोलि पनि राम्रो काम गर्छ भन्ने ठानेका छन्, त्यसै अर्थमा एमालेलाई मतदाताले विश्वास गरेका छन् । 

अब तपाईंकै गृहजिल्लाको प्रसंगामा जाऊँ, स्थानीय तहको उम्मेदवार छनोट गर्दा रूपन्देहीमा विष्णु पौडेलको रोजाइलाई ‘उपेक्षा’ गरियो भन्ने टिकाटिप्पणी सुनियो नि !

विष्णु पौडेलको शक्ति, प्रभाव, लोकप्रियता र क्षमताबाट अतालिएकाहरूले गरेको कुण्ठाग्रस्त र नादान टिप्पणी हो यो । यो अति नै सतही, सस्तो र आधारहीन टिप्पणी हो । यस्तो पूर्वाग्रही टिप्पणीको बारेमा शब्द र समय खर्च गर्नु पनि व्यर्थ हुन्छ । यसबारे मैले केही भन्नुपर्दैन । सब कुराको जवाफ समयले दिन्छ । 

स्थानीय तहमा एमालेलाई पराजित गर्न सकियो भने संसदीय चुनावमा विष्णु पौडेलको अभिछिन्न विजयी यात्रामा रोक लगाउन सकिन्छ भन्ने कुनै मनोविज्ञानले काम गरिरहेको त छैन ? 

विचरा, त्यो कल्पनासम्म कसैले गर्न सके त्यसलाई महान मान्नुस् । रूपन्देहीमा १६ वटा पालिका छन् । १६ मध्ये उपमहानगरसहित कम्तिमा १३ पालिकामा हामीले शानदार ढंगले जीत हासिल गर्नेछौं । उपमहानगरसहित सबै नगरपालिका र बहुसंख्यक गाउँपालिकामा हामीले सहज जीत हासिल गर्दैछौं । विष्णु पौडेललाई पछार्ने सपना देख्न त पाइन्छ, सपना देख्नलाई कसले रोक्न सक्छ र ? त्यस्तो सपना देख्नेहरू ब्युँझनासाथ, निर्वाचन परिणाम प्रकाशित हुनासाथ निराश हुनेछन् । 

यसपटक बुटवलको मेयर जित्न गठबन्धनलाई कत्तिको चुनौती ठान्नुभएको छ ? 

बुटवलमा पनि गठबन्धन गर्‍याछन् रे भन्ने मैले पनि सुनें । तर गठबन्धनको अस्तित्व मतदाताले अनुभूति गर्ने तहमा छैन । रूपन्देहीका जनतालाई यहाँ गठबन्धन छ भन्ने नै थाहा छैन । यहाँ एमाले विभाजित भएको छ भन्ने पनि आभास छैन । तपाईं पत्रकार साथीहरू एमाले विभाजनको कुरा गर्नुहुन्छ नि, एमाले विभाजित भएको छ भन्ने रूपन्देहीवासीलाई थाहा छैन । यो गठबन्धन एमालेका लागि चुनौती बन्छ भन्ने यहाँका जनतालाई पत्यार छैन । विगतमा भन्दा फराकिलो मतान्तरले बुटवलमा हामीले चुनाव जित्छौं । एमालेको श्रेष्ठता नयाँ उचाइबाट पुनर्पुष्टि हुन्छ । 

बुटवलका समस्या समाधान गर्न अहिले तपाईंहरूले अगाडि सारेका उम्मेदवार सक्षम हुनुहुन्छ ? 

हो, उहाँ सक्षम हुनुहुन्छ । उहाँ (बाबुराम भट्टराई) यहाँको धेरै पुरानो र अनुभवी नेता हो । भूमिगत कालदेखि उहाँ पार्टीमा लाग्नुभएको हो । राजनीतिक र सामाजिक काममा सक्रिय हुनुहुन्छ । बुटवलको समस्या र विकासको बारेमा राम्रो दख्खल राख्नुहुन्छ । समस्या चिन्ने र समाधान दिन सक्ने, दृष्टिकोण राख्ने उम्मेदवार हुनुहुन्छ । हाम्रो उम्मेदवारको सामु अरू फिक्का छन् । भारी बहुमतका साथ बाबुराम भट्टराई नेतृत्वको एमालेका उम्मेदवारहरू विजयी बन्नुहुन्छ र उहाँहरूको नेतृत्वमा बुटवलले विकासमा फड्को मार्नेछ । 

स्थानीय तहको चुनावलाई मिनी जनमतसंग्रहको रूपमा लिने गरिन्छ । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यो चुनावले के प्रभाव पार्न सक्छ ? 

स्थानीय चुनावका सम्बन्धमा इतिहासबाट शिक्षा लिएको भए हुन्थ्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा केही पहिलेसम्म नेकपा एमाले सरकारमा थियो ।  छापामार शैलीमा सरकारबाट हटाएर हामीलाई प्रतिपक्षमा पुर्‍याइयो । एमाले प्रतिपक्षमा रहेको बेला कांग्रेस र माओवादीले सरकारमा बसेर गठबन्धन गरेका थिए । एकाध ठाउँमा मतपत्र च्यातेर, जालझेल गरेर र राज्य शक्तिको दुरूपयोग गरेर परिवारका सदस्यलाई जिताउने बाहेक त्यो गठबन्धनले कुनै राम्रो नतिजा दिएको थियो र ? त्यसकारण तपाईंले भनेको ठीकै हो, स्थानीय चुनावले सन्देश दिँदैछ । 

निर्वाचनले दिने सन्देश के हो भने मुलुकको नेतृत्व अब एमालेले गर्छ । प्रतिनिधि सभाको निर्वाचनबाट एकल बहुमतका साथ सरकार सञ्चालन गर्ने हैसियतका साथ आउँछ र प्रदेशमा पनि ७ मध्ये सके सातै नभए ६ वटा प्रदेशमा बहुमतको सरकार बनाउँछ भन्ने सन्देश यो चुनावले दिँदैछ । स्थानीय तहको चुनावले सन्देश के पनि दिनेवाला छ भने परमादेशबाट सत्ताच्युत गरिएको एमाले र केपी ओलीलाई जनादेशले पुनः स्थापित गर्दैछ । हामी चुनाव पर्खेर बसेका छौं ।

तपाईंमा आत्मविश्वास त धेरै देखियो, एमालेले सोचेजस्तो भएन र स्थानीय निर्वाचनमा पराजित हुनुपर्‍यो भने मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा फेरि माओवादीसँग तालमेल हुने सम्भावना कति छ ? 

चुनावी रणनीतिका सम्बन्धमा म रक्षात्मक मूल्यांकन गर्ने व्यक्ति हुँ । मैले जितिन्छ भनेको अवस्थामा कुनैपनि लडाईं हारेको अनुभव छैन । हारिन्छ भनेको लडाईं बरू जितेको अनुभव छ । 

म २०५१ सालदेखि संसदीय चुनाव लड्दै आएको छु । एकपटक अर्थात २०५६ सालमा चुनाव हारें । चुनाव हार्दा पनि ६ सय मतान्तरमा हारें । मेरो आकलन ११ सय मतान्तरले हार्छु भन्ने थियो । मेरो क्याल्कुलेसन करीब–करीब मिल्यो । मैले जितिन्छ भनेको चुनाव हारेको चाहिँ अनुभव छैन । त्यसर्थ, मेरो कन्फिडेन्समा कुनै अतिरञ्जना छैन । 

जहाँसम्म तपाईंको दोस्रो प्रश्न छ, एमालेलाई माओवादीसँग मिल्नुपर्ने आवश्यकता नै पर्नेछैन । स्थानीय तहको निर्वाचनको नतिजाले तपाईंको प्रश्नको प्रयोजनलाई असान्दर्भिक बनाउँदैछ । तपाईं पत्रकार भएको नाताले यो प्रश्न सोध्ने धर्म हो । तर वैशाख ३० को चुनावको नतिजाले तपाईंको प्रश्नको सान्दर्भिकता खण्डित गर्दैछ, असान्दर्भिक बनाउँदैछ । 

जब नेकपा एमाले एक्लै शानदार बहुमतका साथ प्रतिनिधि सभाको चुनाव जित्ने अवस्थामा हुन्छ भने माओवादीसँग तालमेल गर्नुपर्ने आवश्यकता नै रहन्न । त्यसमा पनि खिइँदै गएको, सक्किँदै गएको, दुब्लाउँदै गएको, हराउँदै गएको, बिलाउँदै गएको माओवादीसँग किन तालमेल गर्नुपर्‍यो ? हुम्लाको आइसको डल्लो आइस बक्समा हालेर वैशाखको चर्को घाममा नेपालगञ्जसम्म ल्याउन त सकिएला, तर बक्सबाट बाहिर निकालेपछिको हालत के हुन्छ ? बक्सबाट बाहिर निकालेपछि धेरैबेर रहनेवाला छैन । माओवादीको अवस्था पनि त्यस्तै हो । 

माओवादीभित्रका इमान्दार नेता, कार्यकर्ता र सदस्यहरू एमालेमा आइरहेका छन् । बाँकी रहेका फेरि पनि आउँछन्, ल्याउँछौं । अर्को चुनावसम्म माओवादी भन्ने पार्टी करीब–करीब सकिन्छ । त्यसकारण स्थानीय चुनावपछि हुने प्रतिनिधि सभा वा प्रदेश सभाको चुनावमा माओवादीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नै रहन्न, त्यस्तो गठबन्धनको सम्भावना नै छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x