काठमाडौँ, २९ असार- कांग्रेसबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नै भएको छैन । पहिला कुन–कुन मन्त्रालय पार्टीले पाउने भन्ने तय भएपछि मात्रै व्यक्तिको विषयमा छलफल गर्ने तयारी प्रम शेरबहादुर देउवाको छ ।

‘अहिलेसम्म प्रधानमन्त्रीले पार्टीमा मन्त्रिपरिषद् विस्तारमा कुन–कुन नेतालाई समेट्ने भन्नेबारेमा छलफल गर्नुभएको छैन,’ कांग्रेस नेता डा. रामशरण महतले भने । देउवाले मन्त्रालय टुंग्याएपछि पार्टी छलफल गर्ने बताएको डा. महतले जानकारी दिए ।
यद्यपी र देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको खबर नयाँ पत्रिकामा छ ।