२३ जेठ २०८३, शनिबार

आफ्नै पत्नीलाई जुवाको दाउमा राखे एक पुरुषले, जित्नेले गरे यस्तो

कात्तिक २०, २०७४
आफ्नै पत्नीलाई जुवाको दाउमा राखे एक पुरुषले, जित्नेले गरे यस्तो

जुवा खेल्ने व्यक्तिले केसम्म गर्न सक्छन् भन्ने एक उदाहरण बनेको छ, भारतमा घटित एक घटना । जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेका छन् । र जित्ने भनिएका दुई जनाले घरमै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको हो ।

इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् । १४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ,’ भन्दै बलात्कार गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको बताइन् । तर पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको भन्दै महिलाले प्रहरीसमक्ष गुनासो गरेकी छन् ।

ती महिलाका उनका पतिले छोरीलाई समेत जुवाको दाउ राख्ने धम्की दिँदै आएका छन् । इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिलाले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ ।
इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको जनाएका छन् । एजेन्शी

salt training

कमेन्ट गर्नुहोस्