२१ जेठ २०८३, बिहीबार

आफूले लगाइसकेको मोजा बेचेर लाखौँ कमाउँदै यी युवक

बैशाख १५, २०७९
आफूले लगाइसकेको मोजा बेचेर लाखौँ कमाउँदै यी युवक

पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ? 

यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो । 

लण्डनमा रहने एक २५ वर्षीय युवकले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ आम्दानी गरिरहेका छन् ।

ती युवकको नामा बिली जो ग्रे हो । उनले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाएका हुन् । 

उनले आफूले प्रयोग गरिसकेको मोजालाई १० पाउन्ड देखि ३०  पाउन्डसम्ममा बेच्न बिक्री गर्ने गरेका छन् । 

उनले एक हप्तामा ५ देखि १२ जोडी मोजा बिक्री गर्ने गरेको समेत बताएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

ग्रेले ल्याड बाइबलसँगको कुराकानीमा आफूले एक जिप ब्यागमा मोजा राख्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको बताएका छन्  ।

उनले धेरै पैसा पाउनका लागि आफ्नो शरीरको पसिना सकेसम्म मोजामा पार्ने गरेको समेत बताएका छन् । उनको मोजाको गन्धलाई धेरैले रुचाएको बताइएको छ । 

उनले यो काम एक वर्षअघिदेखि शुरू गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्