×

NMB BANK
NIC ASIA

राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ, भव्य तयारीमा जुट्नुहोस् : मन्त्री गहतराज

बैशाख १५, २०७९

NTC
फाइल फोटो
Premier Steels

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् ।

Muktinath Bank

प्रतियोगिताको तयारी लगायतबारे मन्त्रालयले बिहीवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री गहतराजले समय कम भए पनि प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न सकिने अवस्था रहेकाले कुनै आशंका नराख्न आग्रह गर्दै भव्य तयारीमा जुट्न सरोकारवालालाई आग्रह गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘यही वर्ष र निर्धारित अवधिमा राष्ट्रिय खेलकुद सम्पन्न गर्न सक्छौं, अब कहिले हुन्छ भन्ने अवस्था छैन, चाडपर्व, संघ र प्रदेशको निर्वाचन, मौसम लगायतका कारणले पछि राष्ट्रिय खेलकुदलाई प्रभाव पार्ने भएकाले सरकार तोकिएको मितिमा प्रतियोगिता सम्पन्न गर्न लागेको छ,’ उनले भने ।

Vianet communication

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङ र पौडीका पूर्वाधार पोखरामा नरहेकाले अन्यत्र लैजानुपर्ने बाध्यता रहे पनि अन्य सबै खेलका पूर्वाधार तयार रहेको मन्त्री गहतराजले बताए । उनले प्रतियोगिताका लागि हरेक प्रदेशले आफ्नो टोली र विभागीय टोली सम्बन्धित विभागले तयार पार्नुपर्ने दायित्व भएकाले सोहीअनुसार गर्न आग्रह गरे । उनले भने, ‘प्रदेशको टिम सोही प्रदेशले बनाउने हो, सोका लागि आवश्यक नीतिगत, आर्थिक र प्राविधिक जनशक्तिको सहयोग केन्द्र सरकारले उपलब्ध गराउँछ ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले देश खेलमय बनेको बताउँदै खेलाडी, खेल प्रशिक्षक र खेलकुद पदाधिकारी पोखरा र गण्डकीमा आउन आतुर रहेको बताए ।

उनले ७ प्रदेश, ३ विभागीय र एनआरएनको टोली गरी ११ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x