
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन विरुद्धको रिट आज पनि हेर्दा हेर्दैमा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा आज पनि दोस्रो दिन हेर्दाहेर्दैमा परेको हो।
सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलका अनुसार, हेर्दाहेर्दैमा परेको उक्त मुद्धाको पेसी भोलिको लागि तोकिएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो।
सोही निर्णय विरुद्ध अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै अधिकारीले रिट दर्ता गराएकोमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
सर्वोच्चको उक्त आदेश पछि गभर्नर अधिकारीले पद बहाल गरेका थिए।