२२ जेठ २०८३, शुक्रबार

केराबारी गाउँपालिकामा महिला सदस्यको उम्मेदवारी रद्द

बैशाख १५, २०७९
केराबारी गाउँपालिकामा महिला सदस्यको उम्मेदवारी रद्द

स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको केराबारी गाउँपालिकाको १ नम्बर वडामा महिला सदस्यका उम्मेदवारी खारेज भएको छ ।

वडा सदस्य पवित्रा लिम्बुको उम्मेदवारी रद्द भएको हो ।

लिम्बुलाई नेकपा एमालेले वडा सदस्य पदमा उम्मेदवार बनाएको थियो । उजुरी परेपछि आवश्यक छानबिन गरेर लिम्बुको उम्मेदवारी रद्द भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए ।

लिम्बु केराबारी गाउँपालिकाको महिला स्वंयमसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो । उजुरीउपर निर्वाचन कार्यालयले निर्णाय गरी उम्मेदवारी खारेज गरेको छ ।

केराबारीमा नेकपा एमालेका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । अन्य ३ जनाको हकमा सफाइ पाएका छन् । 

केराबारी गाउँपालिकामा १९० जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ७, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ४०, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३४ र खुला सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्