०१ असार २०८३, सोमबार

स्थानीय तह निर्वाचन : प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

बैशाख १६, २०७९
स्थानीय तह निर्वाचन : प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ ।

निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले ७ सय ३८ पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने ६ सय ४६ पालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

आयोगको सूचीअनुसार कांग्रेसले १ सय ७ पालिका प्रमुख र एमालेले १५ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन । एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा २ सय ९१ जनाको उम्मेदवारी पर्दा उपप्रमुख पदमा २ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, कांग्रेसकोतर्फबाट परेको उम्मेदवारीको सूचीअनुसार स्थानीय तहको प्रमुख पदमा २ सय ६५ र उपप्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट २ सय १८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, पालिका अध्यक्षमा एमालेका तर्फबाट ४ सय ४७ र उपाध्यक्षमा एमालेको ४ सय ४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै, कांग्रेसकातर्फबाट भने पालिका अध्यक्षमा ३ सय ८१ र उपाध्यक्षमा ३ सय ६० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, देशका ६ हजार ७ सय ४३ वडाको वडाअध्यक्ष पदका लागि एमालेकातर्फबाट ६ हजार ५ सय २२ जनाको उम्मेदवारी पर्दा कांग्रेसको तर्फबाट ६ हजार १ सय ४० जनाको वडा अध्यक्ष पदमा उम्मेदवारी परेको पाइएको छ ।

यस्तै, महिला सदस्यमा एमालेका तर्फबाट देशभर ६ हजार ४ सय ९ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट ६ हजार ८८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, दलित महिला सदस्यतर्फ एमालेका ६ हजार २ सय ६ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट ५ हजार ८ सय २५ जनाको उम्मेदवारी परेको देखिन्छ ।

यस्तै, सदस्य पदमा ७७ जिल्लामा एमालेकातर्फबाट १२ हजार ८ सय ८२ जनाको उम्मेदवारी पर्दा कांग्रेसका तर्फबाट १२ हजार १ सय ३९ जनाको उम्मेदवारी परेको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्