१२ साउन २०८३, मंगलबार

चिरिबाबुविरुद्धको उजुरी खारेज

बैशाख १६, २०७९
चिरिबाबुविरुद्धको उजुरी खारेज

ललितपुर  महानगरपालिकाका  प्रमुख  पदका  प्रत्यासी  चिरिबाबु  महर्जनविरुद्धको  उजुरी  खारेज  भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले महर्जनसहित चार जनाविरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरेको हो ।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद  शिवाकोटीले  भने,  “महर्जनविरुद्ध  अधिकारप्राप्त  व्यक्तिबाट  उजुरी  परेको  थिएन,  यद्यपि  जाँचबुझ  गर्दा  व्यक्तिगत  बेरुजु  वा  पेस्की  नदेखिँदा  उजुरी  खारेज  भई  उनको  मनोनयन  सदर  भएको  हो ।”

उजुरी गर्ने व्यक्ति सम्बन्धित पदकै उम्मेदवार हुनुपर्ने व्यवस्था छ । महानगरको  ललितपुर महानगरपालिकामा चार जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चारैवटा उजुरी खारेज भई मनोनयन सदर भएको हो ।

त्यसैगरी ललितपुरमा आठ जना उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । “आफू उम्मेदवार भएर प्रस्तावक र समर्थक भएका, मनोनयनमा त्रुटि भएकोले बोलाएको बेला सम्पर्कमा नआएका आठ जनाको उम्मेदवारी रद्द गर्ने निर्णय भएको हो,” मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्