०४ साउन २०८३, सोमबार

शनिवार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

बैशाख १६, २०७९
शनिवार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार(बैशाख १७ गते, भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । 

नर्भिकले शनिवार विहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । 

नर्भिकले चैत महिनाभरि पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा संचालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । 

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । 

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । 

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाइकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

नर्भिकले निःशुल्क ओपिडीको साथमा आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न हेल्थ प्याकेजमा आकर्षक छुटको अफर पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै क्यान्सर स्क्रिनिङका विभिन्न ४ प्याकेजमा भारी छुटको अफर समेत चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्