
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधामका मालपोत अधिकृत सुनिलकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले शुक्रवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा गत चैत २८ गते झालाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।