×

NMB BANK
NIC ASIA

पैसाको चलखेल गरेको छैन, कांग्रेसको प्रतिस्पर्धा एकीकृत समाजवादीसँग हुन्छ : सञ्जय काफ्ले [अन्तर्वार्ता]

बैशाख १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहटको चन्द्रपुर नगरपालिकामा एक कार्यकाल नेपाली कांग्रेसले नेतृत्व गरिसकेको छ । अहिले कांग्रेस त्यही विरासत जोगाउने प्रयासमा छ तर यसअघिका मेयर रामचन्द्र चौधरीले टिकट नपाएपछि बागी उम्मेदवारी दर्ता गरेका छन् ।

Muktinath Bank

बागी उम्मेदवारको चुनौतीबीच यसअघि वडाध्यक्ष जितेका सञ्जयकुमार काफ्ले मेयरको उम्मेदवार बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनै काफ्लेसँग चुनावी एजेण्डा, पार्टी भित्रको राजनीतिक समीकरण र चुनावी प्रतिस्पर्धाका सम्बन्धमा लोकान्तरकर्मी विन्देश दहाल र उद्धव थापाले गरेको कुराकानीको सम्पादित अंश ः


Advertisment
Nabil box
Kumari

तपाईं चन्द्रपुर नगरपालिकाको एउटा वडाको अध्यक्ष भइसकेको मान्छे अहिले मेयरमा लड्दै हुनुहुन्छ । जनताले तपाईंलाई किन मेयर बनाउने ?

Vianet communication
Laxmi Bank

– अघिल्लो चुनावमा म वडा नम्बर ५ को अध्यक्ष निर्वाचित भएको थिएँ । यस ५ वर्षको अवधिमा म आफ्नो वडालाई पूरै नगरपालिका भित्रकै सबभन्दा अब्बल वडा बनाउन सफल भएँ । अन्य वडामा भन्दा पनि मेरो वडामा विकासका गतिविधिहरू देखिए ।

वडामा मैले गरेको काम देखेर जनताले मलाई वडाको मात्र नभई नगरकै नेतृत्व गर्न प्रेरित गर्नुभयो । उहाँहरूकै सुझावका आधारमा मैले यसपालि नगरपालिकाको मेयर पदमा दाबी पेश गरेको हुँ ।

तपाईं मेयर निर्वाचित भइसकेपछि अर्को ५ वर्षमा चन्द्रपुर नगरपालिका कस्तो भएको पाइनेछ ?

– ५ वर्षमा तपाईं धेरै कुरा फरक भइसकेको देख्नुहुनेछ । यहाँ पर्यटकीय महत्त्व बोकेका धेरै ठाउँहरू छन् । नूनथर, जीपी उद्यान, निजानन्दधाम, मद्दर सिमसार यी पर्यटकीय स्थलहरूलाई आकर्षणको केन्द्र बनाउनका लागि राज्य र नगरको लगानी लगाउने हाम्रो योजना छ । 

शिक्षा स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा के–के गर्नुहुनेछ ?

– यी महत्त्वपूर्ण कुरा हुन् । यसमा हामीले जनतालाई साथमा लिएर काम गर्नेछौं । कुनै पनि नगरपालिकाको विकासमा त्यस क्षेत्रका मतदाताको सचेतता अत्यन्त आवश्यक हुने रहेछ । त्यो सचेतता बढाउने शिक्षाले नै हो । त्यसमा हाम्रो जोड रहनेछ ।

देशभर गठबन्धन भएको छ तर यहाँ तपाईंहरू एक्लाएक्लै लडिरहनुभएको छ । तपाईंहरूको जित्ने माहोल छ त ?

– गठबन्धनको सम्भावना यहाँ न्यून छ । गठबन्धनका पक्षधरहरू पनि प्रतिस्पर्धामा उत्रिनुभएको छ । उहाँहरूसँग हाम्रो मित्रवत व्यवहार छ । नगरको विकास, समृद्धि, शिक्षाको सुदृढीकरण, सरकारी अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने काम लगायतका कामहरू सबै पार्टीले गर्न खोजेका छन् । त्यसमा हामी सबैको सहकार्य रहनेछ ।

तपाईंको पार्टीबाट बागी उम्मेदवार उठ्नुभएको रहेछ । उहाँले तपाईंलाई कत्तिको अप्ठ्यारो पार्नुहुनेछ ?

– एउटा व्यक्ति आफैंमा केही हुँदैन । म पनि पार्टीको लोगो बोकेकोले नै यहाँसम्म आइपुगेको हुँ । पार्टी संगठनमा रहेर अघि नबढेमा व्यक्तिको प्रभाव रहँदैन । निवर्तमान मेयर रामचन्द्र चौधरीले पार्टीको नाम र इज्जत राख्नुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो । मेयर छँदा उहाँले धेरै काम गर्नुभएको हो तर पार्टीमा संगठनमा छँदा उहाँले पार्टीका साथीहरूलाई सँगै लिएर हिँड्नुपर्थ्यो । युवालाई पनि नेतृत्वमा ल्याउनुपर्छ भनी पार्टीले निर्णय गरेको हुँदा उहाँ अलि ओझेलमा पर्नुभएको हो । उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा उठ्दा पार्टीलाई केही असर त पर्छ । उहाँ आफ्नो उम्मेदवारी फिर्ता गरेर पार्टीलाई सहयोग गर्न आउनुहुन्छ भन्ने मेरो अपेक्षा छ ।

यस चुनावमा तपाईंको सबभन्दा बलियो प्रतिस्पर्धी को हो ?

– यस क्षेत्रमा कांग्रेस एकढिक्का छ । देवप्रसाद तिमल्सेना यहाँबाट सांसद हुनुहुन्छ । उहाँ अत्यन्तै लोकप्रिय व्यक्ति हो । उहाँको साथ सहयोग मैले पाइरहेको छु । त्यसैले नेपाली कांग्रेसले यस नगरपालिकाको दशैं वडामा अनि मेयर उपमेयर जित्छ भन्ने कुरामा म विश्वस्त छु । 

तपाईंहरू पहिलो हुनुभयो भने दोस्रोमा चाहिँ को होला त ?

– सरसर्ती हेर्दा नेकपा एमाले दोस्रोमा देखिएको छ तर मेरो आकलनमा नेकपा समाजवादी चाहिँ दोस्रो स्थानमा हुनुहुन्छ ।
 
एउटा मेयरको चुनावमा कति जति खर्च हुँदो रहेछ ?

– यो चुनाव धेरै हाईफाई खालको हुँदैन । हाम्रा कार्यकर्ताले झण्डा ब्यानरको व्यवस्था गर्न मात्र भनिरहनुभएको छ । अघिल्लो चुनावमा पनि वडाध्यक्ष उम्मेदवारहरूले मोटामोटी डेढ लाख रुपैयाँसम्म खर्च गर्नुभएको थियो । हाम्रा प्रतिबद्ध कार्यकर्ताहरू हुनुहुन्छ । उहाँहरूले हामीसँग केही पनि नमाग्ने भन्नुभएको छ । पार्टीले चुनाव जित्नुपर्छ अनि चुनाव जितेपछि तपाईंहरूले हाम्रो भावनालाई समेटेर काम गर्नुपर्छ भन्नुभएको छ उहाँहरूले । 

कतिपय ठाउँमा टिकटकै लागि ठूलो पैसा खर्च गरेको कुरा आइरहेको छ अनि तपाईंहरूले एक डेढ लाख रुपैयाँको भरमा चुनाव जित्न सक्नुहुन्छ त ?

– वडाध्यक्षमा लड्दा पनि मैले बढीमा त्यस्तै डेढ लाख खर्च गरेको थिएँ । त्यो पनि झण्डा ब्यानर सामान्य चिया खाजा खर्च हो । कार्यकर्ताहरूले अहिले मलाई भनिरहनुभएको छ – अहिले हामी तपाईंको एक पैसा खर्च गराउँदैनौं तर चुनाव जितिसकेपछि हामी तपाईंलाई दिन रात काममा दौडाउँछौं ।

तपाईंका बागी उम्मेदवार रामचन्द्र चौधरीले त तपाईं आर्थिक चलखेल गरेर टिकट पाउनुभएको भन्दा रहेछन् त !

– यो सरासर झूटो कुरा हो । अघिल्लो चुनावमा पनि यहाँ २ जना सशक्त उम्मेदवारहरू थिए । त्यसमा पनि रामचन्द्र दाइले टिकट पाउनुभयो । तपाईंले उहाँलाई सोध्दा हुन्छ – कति खर्च गरेर टिकट ल्याउनुभयो ? हाम्रो पार्टीका नगर सभापति कृष्ण यादवले सम्भावना बोकेको व्यक्तिलाई टिकट दिनुभएको हो । यसमा पैसाको चलखेल भएको भन्नु झूटो कुरा हो । रामचन्द्रले कति खर्च गरेर त्यतिखेर टिकट ल्याउनुभएको थियो, त्यो सार्वजनिक रूपमा भन्न सक्नुपर्‍यो । नत्र उहाँले आफूभन्दा कनिष्ठ भाइलाई कति पैसा खर्च गरेर टिकट ल्यायो भन्ने आरोप लगाउन मिल्दैन ।

तपाईंहरूको पार्टीको केन्द्रीय नेतृत्वले गठबन्धन मिलाउन भनेको छ । कसरी मिलाउनुहुन्छ ?

– यो चन्द्रपुर नगरपालिका रौतहट जिल्लाको ४ नम्बर क्षेत्रमा पर्छ । यहाँ हामीले तीनै तह जितेका छौं । हामीले नगरपालिका जितेका छौं । वडाहरूमा हाम्रो बहुमत छ । हाम्रो बहुमत भइरहेको ठाउँमा हामीले छाडेमा जनताले हामीलाई स्वीकार्दैनन् । दुईतिहाइ ल्याएको कम्युनिस्ट सरकारले काम गर्न नसकेकाले कांग्रेसले सरकार चलाइरहेको छ । अर्थात्, देशका लागि कांग्रेस नै आवश्यक पार्टी हो । यहाँ हामीलाई गठबन्धन जरूरी छैन । 

यसपालि मेयरको निर्वाचन जित्दा तपाईंलाई कति जति भोट आउने अनुमान गर्नुभएको छ ?

– यसपालिको चुनावमा हामीले १५ हजार भोटभन्दा माथि नै ल्याउनुपर्छ । त्यसका लागि हामीले वातावरण बनाइरहेका छौं । 

चुनाव प्रचार कसरी गरिरहनुभएको छ ?

– हामीले घरदैलो कार्यक्रम गरिरहेका छौं । हामी दशैवटा वडाका जनतामा कसरी प्रभावकारी रूपमा पुग्न सक्छौं भनी छलफल गरिरहेका छौं । 

चन्द्रपुरलाई रौतहट जिल्लाकै पहिलो दर्जाको नगरपालिका बनाउँछु भन्ने आत्मविश्वास कसरी प्राप्त गर्नुभयो ?

– जिल्लाका १६ नगरपालिकामध्ये सबभन्दा बढी विकास देखिएको चन्द्रपुर नगरपालिकामै हो । यहाँ भौतिक विकासले मात्र विकास भएको देखिँदैन । अहिले पनि हामीले सबै वडामा शुद्ध खानेपानी दिन सकिरहेका छैनौं । सरकारी विद्यालयहरूलाई निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि हामीले जमर्को गरिरहेका छौं । हामी तल्लो वर्गका मानिसलाई पनि अपनत्व महसूस हुने गरी काम गर्न तत्पर छौं । 

यहाँ नाला ढलको पनि समस्या छ । यहाँको अव्यवस्थित शहरीकरणलाई हामीले सुधार गर्न सकेका छैनौं । यहाँ बसाइँ सरेर आउनेको संख्या जानेकोभन्दा बढी छ । यहाँ जनसंख्याको चाप धेरै बढिसकेको छ, यसलाई व्यवस्थितगर्न जरूरी छ । 

मेरो वडामा १२ किलोमिटर जति बाटो पर्छ । त्यसमध्ये मोटामोटी ८ किलोमिटर जतिमा मैले कालोपत्रे गराएको छु । वडा कार्यालयको भवन पनि थिएन, त्यो निर्माण गरियो । त्यस्तै सामुदायिक भवन पनि बनाइयो । 

एउटा विद्यालय चल्न नसकेर अर्कोमा गाँभिने अवस्था थियो । मैले शिक्षकको दरबन्दी मिलाएर त्यसलाई जीवित राख्न योगदान गरेको छु । अहिले त्यसमा २००–३०० विद्यार्थी छन् ।

त्यस्तै अस्पताल पनि जीर्ण अवस्थामा थियो । सफासुग्घर गर्ने मान्छे पनि थिएनन् । वडाबाट २–३ जना कामदार मैले सरसफाइका लागि व्यवस्थापन गरेको छु । अझै कामहरू गर्न बाँकी छन् । मैले गरेका कामहरू जनताले देख्नुभएको छ । त्यसैले मलाई मेयर पदमा उठ्न आत्मविश्वास दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x