
मेष
यो हप्ता शान्तिपूर्वक खुशीको अनुभव लिने समय हो । दिनचर्यासँग सम्बन्धित बनाएका योजनाहरूलाई गम्भीरतापूर्वक अनुसरण गर्नाले सुखको प्रतिफल मिल्नेछ । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ ।
वृष
ख्यातीमा कमी हुने समय रहेको छ । सत्रुपक्षले दुख दिन सक्लान । सचेत भएर मात्रै समय बिताउनु होला । व्यापार सम्बन्धित कुनै लगानीको योजना गर्दै हुनुहुन्छ भने अनुकूल हुँदैन । अतिथिका रूपमा सम्मान पाइने समय छ ।
मिथुन
यो हप्ता कुनै कारण बिना दिमागमा केही दु: खी भावनाहरू पनि हुनेछन् । सकारात्मक व्यक्तिहरूसँग केहि समय खर्च गर्न निश्चित गर्नुहोस् । विवाद बढ्नाले मन दुखी पनि रहला । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुनसक्छ तर, बलजफ्ती गर्दा हानि हुनसक्छ ।
कर्कट
यो साता व्यापारीक गतिविधिहरुको क्षेत्रमा उल्लेख्य प्रगति रहला । कुनै काममा आटेको ताकेको पुरा हुन सक्ला । स्वास्थ्य ठीक हुनेछ तर वर्तमान परिस्थितिले मनमा चिन्ता निम्त्याउन सक्ला । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् ।
सिंह
सप्ताहको सुरुमा सम्पति र भौतिक उन्नति रहनेछ । आत्मविश्वास र क्षमताको साथ घरको वातावरण सकारात्मक राख्न सक्षम हुनुहुनेछ । आफ्नो कर्ममा हजुरको विश्वासले गन्तव्य बलियो पार्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् ।
कन्या
यो हप्ता कुनै समस्या भएमा तपाईले सरकारी सेवानिवृत्त व्यक्तिबाट उचित समर्थन र सल्लाह लिन सक्नुहुन्छ । राम्रो सँग नै बित्नेछ । दाम्पत्य जीवन सम्बन्ध मीठो हुनेछ । अन्नलाभ पनि हुने देखिन्छ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।
तुला
वर्तमान वातावरणबाट उचित साबधानी अपनाउनुपर्ला । हरियो रंगको कपडा लगाउदा केहि कामहरु बिग्रिन सक्ला । भाग्यशाली संख्या ६ रहनेछ । सम्पतिको खरीद र बिक्रीको लागी सम्बन्धित कार्यहरुलाई बेवास्ता गर्न उचित हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
वृश्चिक
प्रेममा श्रीमान श्रीमती बीच पारस्परिक सम्बन्ध मेलमिलाप हुनेछ । घरको वातावरण पनि अनुशासित र संयमित हुनेछ । धन प्राप्तिले मनमा हर्षको पल रहनेछ । चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् ।
धनु
व्यवसायमा धनलाभ हुन सक्ला । धेरै प्रतिस्पर्धाको सामना गर्नुपरेता पनि सफलता हात पारिनेछ । स्वास्थ्य सम्बन्धित गतिविधिहरूको ख्याल राख्नु महत्त्वपूर्ण छ । अफिसको काम घरबाट सञ्चालन गर्न जारी रहनेछ, तर समस्याहरू एकै समयमा बढ्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।
मकर
व्यवसायमा सार्वजनिक कारोबारमा, अनलाइन मीडिया सम्बन्धित व्यापार, उपयुक्त गतिविधिहरू जारी रहनेछ । तर कडा परिश्रमको आवस्यकता रहन्छ, कर्मचारीहरूको उचित समर्थन काममा रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।
कुम्भ
कहिलेकाही नकारात्मक विचारहरू दिमागमा उठ्छन्, हजुरले आफ्नो लक्ष्यबाट विचलित गर्न सक्नुहुन्छ । बच्चाहरू उनीहरूको पढाईबाट अलमलिएका छन् । अवैध गतिविधिहरूमा कुनै चासो नराख्नुहोस् । धनको नाश हुनेछ । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ ।
मीन
आफ्नो निर्णय ध्यान दिएर सामना गर्दा अनेक कोणबाट सफलता मिल्नेछ । रोकिएको सबै कर्ममा पूर्णता पाइनेछ । एक वरिष्ठ व्यक्तिको सहयोगबाट राम्रा काम बन्नेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)