२१ जेठ २०८३, बिहीबार

हिन्दी फिल्मका ती गीत जसको छायांकनमा करोडौं रुपैयाँ खर्च गरियो

कात्तिक २०, २०७४
हिन्दी फिल्मका ती गीत जसको छायांकनमा करोडौं रुपैयाँ खर्च गरियो

काठमाडौं, २९ असार — शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या राय बच्चनको प्रसिद्ध फिल्म 'देवदास' रिलिज भएको १५ वर्ष भइसकेको छ ।


यसको गीत 'डोला रे डोला' भयंकर हिट भएको थियो र छायांकनको पनि खुबै प्रशंसा गरिएको थियो ।

फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले गीतका लागि भव्य सेट खडा गरेका थिए । यसलाई हिन्दी फिल्मका सबभन्दा महंगा गीतहरूमध्ये एक मानिन्छ ।

गीतकी कोरियोग्राफर सरोज खानका अनुसार गीतको शूटिङमा लगभग अढाइ करोड भारु खर्च गरिएको थियो ।

सरोज खान भन्छिन्, ‘यो गीतलाई मैले नटवरी शैलीमा छायांकन गराएकी थिएँ किनकि यो दुर्गा पूजाको बेलाको गीत थियो । छायांकन गर्न १३ दिन लागेको थियो । गीतमा ठूला ठूला डान्स ग्रुप थिए अनि कस्ट्युमहरू पनि महंगा थिए ।

भारी सारी र गहना लगाएर डान्स शूट गर्न माधुरी र ऐश्वर्याले आनाकानी गरेको भएपनि पछि दुवैले मेहनत गरेर गीतलाई उत्कृष्ट बनाएका थिए ।

यसका अलावा पनि अन्य केही हिन्दी गीतहरूमा पानी जस्तै गरी पैसा बगाइएको थियो ।

'धूम ३' को 'मलंग', 'गोलमाल'को 'था करके', 'मुगले आजम'को 'जब प्यार किया तो डरना क्या', 'प्रेम रतन धन पायो'को शीर्षक गीत, 'बाहुबली २' को 'हंस' गीत लगायतमा असाध्यै धेरै रुपैयाँ खर्च गरिएको थियो ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्