२७ जेठ २०८३, बुधबार

यी जोगी कुकुरलाई मोटरसाइकलमा राखेर घुम्छन्

कात्तिक २०, २०७४
यी जोगी कुकुरलाई मोटरसाइकलमा राखेर घुम्छन्

काठमाडौं, २९ असार — आफूलाई भगवान् शिवको भक्त मान्ने साधु दुलानाथले कैयौं धार्मिक स्थलहरूको यात्रा गरिसकेका छन् । उनको विशेषता भनेको जहाँ पनि आफूले पालेको कुकुरलाई बाइकमा लिएर हिँड्नु हो ।


कुकुरप्रतिको उनको स्नेहभावले उनलाई वरपरको इलाकामा लोकप्रिय बनाइदिएको छ । नाथ आफ्ना कुकुरहरूलाई पनि भक्त मान्छन् ।

साधु दुलानाथका अनुसार उनी विगत १० वर्षदेखि कुकुरहरूका साथ यात्रा गरिरहेका छन् । हालै उनले अमरनाथ यात्रा पनि गरे । उनी कुकुरलाई कहिल्यै बेवारिसे नछोड्ने बताउँछन् ।

नाथले बाइक चढेर आफ्ना सबै कुकुरहरूलाई धार्मिक स्थलको दर्शन गराइसकेका छन् । उनका अनुसार उनका कुकुर पनि भोलेबाबाका भक्त हुन् र उनीहरूलाई धार्मिक स्थलको दर्शन गर्न खुबै मन लाग्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्