०६ असार २०८३, शनिबार

बजेट अधिवेशन बोलाउने तयारी

बैशाख १९, २०७९
बजेट अधिवेशन बोलाउने तयारी

सङ्घीय  संसद्को   बजेट  अधिवेशन  आह्वानको   विषयलाई  लिएर    प्रधानमन्त्री  शेर  बहादुर    देउवासँग सभामुख  अग्निप्रसाद  सापकोटाले    भेट  गरेका छन् ।

सभामुख  सापकोटा  र    प्रधानमन्त्री  देउवाबीच  आइतबार   भेटवार्ता  भएको    हो    ।

भेटमा  संसद्को    अधिवेशन,  सरकारको    नीति तथा कार्यक्रम र   बजेटका सिद्धान्त तथा प्राथमिकताका छलफललगायत  विषयमा  कुराकानी  भएको    सभामुख सापकोटाको    सचिवालयले    जनाएको    छ  ।

सभामुखका प्रेस   विज्ञ   श्रीधर     न्यौपानेले     अधिवेशनलगायतका विषयमा  छलफल  भएको    जानकारी  दिए    ।   गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्