![बागी उम्मेदवारी दिएका एमालेका १५ जनालाई कारवाही [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Chait/uml-flag.jpg)
नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्य समेत नरहने गरी एमालेले निष्कासन गरेको छ ।
‘सिंगो पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रित भइरहेको यस अवस्थामा केही पालिकामा पार्र्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरूलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको,’ जिल्ला अध्यक्ष तेजेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
