१३ असार २०८३, शनिबार

परिसंघको महानिर्देशकमा जोशी

बैशाख १९, २०७९
परिसंघको महानिर्देशकमा जोशी

नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने उल्लेख गरे। 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन् । उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरेका छन् । अन्तर्राष्ट्रियरूपमा  'च्यान्पिएन्स इन च्यालेन्ज' र 'पर्यटन हिरो' जस्ता सम्मानबाट सम्मानित भइसकेका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ।  

वाणिज्यशास्त्रमा स्नातोक्ततर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् ।  

अध्यक्ष अग्रवालले परिसंघमा विगत दुई वर्ष तीन महिना महानिर्देशकको रूपमा रहेका यादवप्रसाद पौड्याललाई उनको योगदानका निमित्त धन्यवाद ज्ञापन गरे। 

salt training

कमेन्ट गर्नुहोस्