०७ असार २०८३, आइतबार

लुटपाटपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ

बैशाख १९, २०७९
लुटपाटपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेशकुमार गौतमलाई तिमिल्सिनालगायतका दुई जना व्यक्तिहरूले वैशाख २ गते लुटपाटपछि हत्या गरेर फरार थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट तिमिल्सिनालाई पक्राउ गरेको हो ।  

उनलाई आवश्यक कानूनी कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ । 
 

कमेन्ट गर्नुहोस्