२४ असार २०८३, बुधबार

स्थानीय चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी

बैशाख १९, २०७९
स्थानीय चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी
प्रतिकात्मक तस्वीर

स्थानीय निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौंबाट एकैदिनमा ढुवानी गर्न सकिने मधेश प्रदेश र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको छ ।

मतपत्र ढुवानी भइसकेका जिल्लामध्ये मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीसँग रुजु गर्दा निर्वाचन चिह्न थप हुन गई विभिन्न ३२ पालिकामध्ये १६ स्थानीय तहका लागि १० लाख ८० हजार मतपत्र छपाइ गर्नुपर्ने भएकामा हालसम्म ९ वटा पालिकाका लागि ७ लाख ११ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । 

बाँकीमध्ये भक्तपुर जिल्लाको मतपत्र छपाइ पनि सम्पन्न भएको छ भने महानगरपालिकाका लागि मतपत्र छपाइ भई सबै मतपत्र वैशाख २३ गतेभित्र ढुवानी गरिसक्ने तयारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्