२९ जेठ २०८३, शुक्रबार

उषा देवीलाई निर्वाचनले अझै छोएन

बैशाख २०, २०७९
उषा देवीलाई निर्वाचनले अझै छोएन
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

स्थानीय   तह   निर्वाचन   सरगर्मीले   यति   बेला नेतालाई मात्रै होइन, तिनका परिवार, आफन्त र समर्थकलाई पनि छोएको छ ।

घरैपिच्छे उम्मेदवार खडा भएसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ तर महोत्तरी सदरमुकाम जलेश्वर–७, बेलाकी उषा देवीलाई भने यो चुनावले अझै छुन सकेको छैन ।

एकाबिहानै उठेर भैँसीलाई नुहाउने, खुवाउने अनि दूध दुहेर बेच्न जान बिहान ६ः०० नबज्दै उषा देवी महेन्द्र चोक पुग्छिन् ।

बिहान ९ः०० बजेसम्ममा दूध बेचिसक्ने र त्यसपछि घर फर्केर खाना पकाउने उनको दैनिकी हो ।

उनी जस्तै बेला गाउँका धेरै महिलाको दैनिकी अचेल यस्तै छ । घरकै कामले फुर्सद नपाउने उहाँहरूलाई चुनावी चहलपहलले खासै प्रभाव पारेको छैन ।

अरु चुनावी चहलपहलमा रमाइरहदा उषा भने आफूले पालेको भैँसीको दूध बेचर नै छाक टार्न व्यस्त छन्। उनलाई चुनावमा कस्ले जित्ने र कस्ले हार्ने भन्दा पनि कति बेला दूूध बेचेर घर फर्किने भन्ने चिन्ताले जहिल्यै सताएको हुन्छ ।

जति चाँडो दूध बिक्री हुन्छ उहाँ त्यति चाँडै दूूध बेचेर आएको आम्दानीले छाक टार्न, खाद्यान्न र तरकारी जोहो गर्नुपर्ने हुन्छ । “यो चुनावको हामी गरिबलाई के मतलब छ,” उषा  देवी  भन्छिन्,  “चुनाव  भनेको  हुने  खानेका  लागि हो ।” चुनावअघि मुख देखाउन नआउने नेता अहिले हात जोड्दै घरघरमा आएर म फलानो पार्टीको उम्मेदवार भन्दै लहरै लागेर आउन थालेपछि बल्ल आफूले चुनाव आएको थाहा पाएको उनी बताउँछिन् ।  गोरखापत्र दैनिकमा  महेशकुमार दासले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्