×

Dabur
Nic Asia
Marvel

स्थानीय चुनाव

राजधानीभित्रैको 'दुर्गम'का वासिन्दाको बेग्लै पीडा, स–साना माग पनि सुन्दैन राज्य

काठमाडाैं | बैशाख २०, २०७९

TVS INSIDE

ललितपुरको सातदोबाटोबाट करीब ५ किलोमिटर दूरीमा रहेको गोदावरी नगरपालिकाको १३ नम्बर वडास्थित झरुवारासी विकट गाउँको पीडा भोग्न बाध्य छ । भन्नका लागि त उनीहरू राजधानीवासी हुन् तर उनीहरूले भोग्ने पीडा दुर्गम गाउँका स्थानीयले भोग्नुपर्नेभन्दा कम छैन ।
 
५ वर्षअघि स्थानीय तहको निर्वाचनका लागि भोट माग्न आउने उम्मेदवारले दिएका आश्वासन हालसम्म पूरा भएका छैनन् । उपत्यका भित्रकै वासिन्दा भए पनि राजधानीवासीले पाइरहेको सेवासुविधा स्थानीयले हालसम्म अनुभूति नै हुन सकेको छैन ।

morang Auto yamaha

स्थानीय चुनावको रिपोर्टिङका लागि गाउँमा पुग्दा स्थानीयवासीले त्यस्तै गुनासो गरे । ७५ वर्षीया चिया पसले सुन्तली बर्तौला, ८० वर्षीया चीनमाया बुढाथोकी, ६३ वर्षीया ठुलीमाया गतराज र ५४ वर्षीया क्यामुना भण्डारीसहित ६ जनाले गाउँका समस्याबारे खुलेर कुरा राखे ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘सबैभन्दा ठूलो समस्या भनेको हाम्रो गाउँमा एउटा पनि एम्बुलेन्स छैन । कोही बिरामी पर्‍यो भने पनि कि त बोकेर लिएर जानुपर्ने हुन्छ, कि त २ किलोमिटर गएर ट्रयाक्सी लिएर आए मात्र अस्पतालसम्म जान सकिन्छ,’ ५४ वर्षीया क्यामुना भण्डारीले लोकान्तरसँग भनिन्, ‘भन्नका लागि हामी पनि राजधानीवासी, उपत्यकावासी नै छौं तर गाउँमा न त सार्वजनिक सवारीसाधन गुड्छ, न त प्राइभेट ट्याक्सी छ ।’

बिरामी भयो भने अस्पताल पुर्‍याउन एउटा एम्बुलेन्ससम्म छैन । गाउँकै कसैको निजी सवारीसाधन उपलव्ध छ भने त्यसैमा पाटन अस्पताल पुर्‍याउन सकिन्छ, नभए धेरै समस्या हुन्छ ।

Vianet communication
Maruti inside

‘१ किलोमिटर पुगेर वाडेगाउँमा ट्याक्सी खोज्न जानुपर्छ तर ट्याक्सी आउन पनि मान्दैन । त्यतिबेलासम्म इमर्जेन्सी भएको बिरामीका लागि ट्याक्सी कुर्नेभन्दा पनि बिरामीलाई बोकेर नै लैजाने गर्छौं,’ उनले थपिन्, ‘बाटोमा कुनै ट्याक्सी भेट्यो भने ७ किलोमिटर दूरीमा रहेको लगनखेलस्थित पाटन अस्पतालमा पुर्‍याउने गर्छौं ।’

गाउँमा सञ्चालित इँटाभट्टाबाट जतिबेला पनि निस्किने धुलोधुँवाका कारण स्थानीयको स्वास्थ्य अवस्थामा गम्भीर असर पुर्‍याएको छ । कतिसम्म भने स्थानीयले खोक्दा कालो खकार आउँछ । सिँगान पनि कालो नै आउँछ । 

‘खोक्दा कालो खकार आउँछ, सिंगान पनि कालो नै आउँछ,’ ८० वर्षीया चीनमाया बुढाथोकीले लोकान्तरसँग भनिन्, ‘धेरैजसोलाई श्वासको समस्या भएको छ । रुघा, खोकी, दम जस्तो लक्षण त सामान्य जस्तो हो ।’

चिया पसलमै चिया खाइरहेकी ६३ वर्षीया ठुलीमाया गतराजले धुलोधुँवाका कारण बाहिर हिँडडुल गर्न त के घरमा बस्न पनि समस्या हुने गरेको बताइन् । ‘घरको झ्याल त खोल्नै सकिन्न, झ्याल ढोका थुनेर बस्नुपर्छ,’ उनले भनिन्, ‘सेतो कपडा त सुकाउनै मिल्दैन, सफा गरेर घाममा सुकाउन राखेको सेतो लुगा कालो भइदिन्छ ।’

सफा गरेको लुगा मात्र होइन, सिरकको खोल, कम्बल केही पनि घाममा सुकाउन राख्यो कि कालो हुने गरेको उनले बताइन् ।
 
उनको कुरामा थप्दै चिया पसले ७५ वर्षीया बर्तोलाले भनिन्, ‘बारीमा कुनै तरकारी लगायो भने पनि हुँदैन, ठूलो फल्ने सुन्तला अब सानो मात्र फल्ने गर्छ ।’

पहिले–पहिले सुन्तलाको बोट लगाउँदा बोट लाग्नुका साथै ठूलो फल फल्ने गर्थ्यो तर इँटाभट्टाकै कारण धेरै सानो साइजको सुन्तला मात्र हुने गरेको उनले सुनाइन् । 

१९ वर्षदेखि स्थानीय समस्या भोग्न बाध्य छन् । सन्तानेश्वर इँटा उद्योग, बोलबम इँटा उद्योगसहित ४ वटा इँटा उद्योग गाउँको बीच बस्तीमै सञ्चालन भएदेखि स्थानीय समस्यामा परेका छन् ।

‘इँटा उद्योगमै गएर केही स्थानीयसहित जनप्रतिनिधि पटक–पटक इँटाभट्टा हटाउन भनेर भन्न पनि जान्छन् तर इँटा मालिकले केहीको गोजीमा पैसा राखिदिने गरेपछि सबै चुप लागेर फर्किने गर्छन्,’ उनले भनिन् ।
 
एउटा इँटाभट्टामा ५० जना जतिले रोजगारी पाए पनि स्थानीय भने १० जना पनि नहुने गरेका उनीहरूले बताइन् । ‘इँटा उद्योगले भट्टामुनिका गाउँका मानिसका लागि ५० प्रतिशत छुटमा इँटा दिने गर्छ, त्यसकारण पनि भट्टा हटाउन सबै एकमत हुन सकिरहेका छैनन्,’ उनीहरूले भने, ‘जसरी पनि इँटा उद्योग यहाँ बस्तीबाट हटाउन आवश्यक छ, अब जित्ने जनप्रतिनिधिले त्यो काम सबैभन्दा पहिले गर्नुपर्छ ।’

गाउँको अर्को समस्या गाउँमा सार्वजनिक सवारीसाधन सञ्चालन नहुनु पनि हो । ‘एक त सार्वजनिक सवारीसाधन चलेको छैन, अर्को बाटोमा गाँजा खानेहरू पुलमा बस्ने गरेको कारण छोरीचेलीको सुरक्षा पनि हाम्रो लागि मुख्य समस्या बनेको छ,’ ५४ वर्षीया क्यामुना भण्डारीले लोकान्तरसँग भनिन्, ‘कर्मनासा खोला वरिपरि बाहिरबाट गाँजा खाने केटाहरू बसेका हुन्छ, छोरीचेलीहरू काम गरेर फर्किनुपर्दा हामी आफैं लिन जानुपरेको छ ।’

पुलिस चौकीमा गुनासो गर्दा पनि प्रहरीले गम्भीरतापूर्वक नलिएको उनले बताइन् । ‘हामीले गुनासो गरेपछि १–२ दिन आएर प्रहरीले गस्ती गरेर ती गाँजा खानेहरूलाई धपाएका थिए,’ उनले थपिन्, ‘तर पछि प्रहरीले गस्ती नगर्दा दिनहुँ गाँजा खानेहरू आएर फेरि बस्न थालेका छन् ।’

बाहिरबाट केही मानिसहरू आएर तासजुवा खेल्ने गरेका कारण पनि महिलाहरू त्रसित वातावरणमा बस्नुपरेको बताइएको छ ।

गत ५ वर्षमा स्थानीय जनप्रतिनिधिले विकास गरेपनि सुरक्षाका कुरालाई प्राथमिकतामा नराखेको स्थानीयको गुनासो छ । ‘गाउँमा विकास नै नभएको त होइन । पहिले बाटो बनेको थिएन तर अहिले आएर बाटो बनेको छ,’ स्थानीयले भने, ‘केही बाटोमा पिच बनेको छ, केही अझै पनि कच्ची बाटो नै छ ।’

......

गाउँमा अगाडि पुगेपछि विजय लामा र उनकी श्रीमती मैया लामा आफ्नो घर अगाडिको बारीमा खनजोत गरिरहेका थिए । गत ५ वर्षमा स्थानीय पालिकाबाट खेतीका लागि पाएको मल, बिउबीजन र अनुदानबारे प्रश्न गर्दा लामाले लोकान्तरसँग भने, ‘५ वर्षसम्म केही पाइएन । झूटा किन बोल्नु ? १५ दिनअघि फर्सी, सिमी र खुर्सानीको १ प्याकेट बिउ मात्र पाएको छु ।’

नेकपा एमालेबाट जितेका वडाध्यक्ष भाष्कर थापाले हालसम्म वडा कार्यालयबाट दिएको अनुदान भन्नुस् वा सहयोग भनेको त्यति मात्र रहेको लामाले बताए ।


 
ती दम्पतीले गाउँमै एग्रीति मनमाया फार्म सञ्चालन गरेका छन् । ४ वटा भैंसी र २ वटा गाईपालन गरिरहेका दम्पतीले पशुपालनका लागि अनुदान पाउन नगरपालिकामा प्रस्तावसहित निवेदन पनि दिएका थिए तर उनीहरूले नगरपालिकाबाट कुनै अनुदान पाउन सकेका छैनन् ।
 
‘प्रस्ताव दिएको १ वर्षभन्दा पनि बढी भइसक्यो, पशुपालन फार्मका लागि भन्दै सरकारी अनुदान पाउन निवेदन दिएको थिएँ,’ उनले लोकान्तरसँग भने, ‘तर अहिलेसम्म अनुदान पाउन सकेको छैन । नेतासम्म पहुँच भएका मानिसले अनुदान पाए पनि हामी जस्तो सामान्य किसानले अनुदान पाउन सकेका छैनौं ।’

दिनमा १०–१२ लिटरसम्म दूध बेचेर गुजारा गरिरहेका दम्पतीलाई दूध किन्ने डेरीले पनि उचित मूल्य दिँदैन । ‘सरकारले प्रतिलिटर १० रुपैयाँ दूधको मूल्य बढाए पनि हामीले भने सो मूल्य पाएका छैनौं,’ लामाले थपे, ‘कम्तीमा पनि १ फ्याटमा १ रुपैयाँ ५० पैसा बढाउनुपर्ने हामीले भनेका छौं तर उनीहरूले बढाएका छैनन् ।’ डेरीले १ फ्याटको १४ रुपैयाँ दिने गरेको छ ।
 
स्थानीय दम्पती ६० वर्षीय भोला खड्का र ५२ वर्षीया भवानी खड्काको भने अर्कै गुनासो छ । ‘नगरपालिकाबाट जस्तोसुकै सहयोग वा अनुदान दलितले मात्र पाउने गरेका तर आर्थिक रूपले विपन्न भए पनि क्षेत्री भएकै कारण हामीलाई कुनै पनि सहयोग दिने गरिएको छैन,’ भवानी खड्काले लोकान्तरसँग भनिन्, ‘सरकारी अनुदान वा राहत दलितले मात्र पाउँछन्, हामी जतिसुकै विपन्न भए पनि क्षेत्री भएकै कारण कुनै सहयोग गर्दैनन् ।’

उनले पनि पालिकाबाट एक पटक जम्माजम्मी काक्रो, फर्सी र लसुनको बिउ मात्र पाएको बताइन् । ‘४ वटा गाई पालेकी छु तर पशुपालनका लागि अनुदान दिएनन्,’ उनले लोकान्तरसँग भनिन्, ‘नगरपालिकामा जाँदा फर्मलाई मात्र अनुदान दिने भन्छन् ।’

फर्म दर्ता गर्न जाँदा धेरै संख्यामा गाईवस्तु हुनुपर्छ । धेरै गाईवस्तु किन्न ऋण नै लिनुपर्छ, ऋण लियो भने भएकै घर पनि बेच्नुपर्ने अवस्था आउन सक्ने उनले बताइन् । ‘त्यसै पनि जग्गा बेचेर जसोतसो घर बनाएका छौं, पछि त्यही ऋणका कारण बेघर हुनुपर्ला भनेर फार्म दर्ता गर्न थप गाईवस्तु किनेनौं,’ उनले भनिन्, ‘त्यसै पनि गाईवस्तु बिरामी पर्दा उपचार गराउन ऋण लिनु नै पर्छ, थप ऋण लिँदा झन् समस्या हुन्थ्यो ।’

गत वर्ष गाईको उपचारकै लागि १ लाख जति ऋण लागेको उनले बताइन् । कम से कम पशुको निःशुल्क उपचारको व्यवस्था नगरपालिकाले गरिदिनुपर्ने उनले बताइन् । 

......

गोदावरी नगरपालिका–४ बडीखेलको एक चियापसलमा केही मानिसहरू चिया गफमा चुनावकै चर्चा गरिरहेका थिए । ५ वर्षमा के कति विकास भयो भन्ने प्रश्न गर्दा स्थानीय ६५ वर्षीय रामबहादुर नगरकोटीले लोकान्तरसँग भने, ‘कृषियोग्य जग्गा प्लटिङ गरेर भूमाफियाहरूलाई जग्गाको खरिद बिक्रीको कारोबार बढेको छ । गाउँका सार्वजनिक पाटी, कुलो सबैलाई ध्वस्त गरेर बाटोमा परिणत गरेको छ ।’

गाउँको कुलो पुरेर बाटो बनाइएको तथा पाटी समेत भत्काएर सडक बनाइनु नै विकास भएको उनले व्यंग्यात्मक शैलीमा जवाफ दिएका थिए ।

त्यत्तिकैमा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका राजनप्रसाद आचार्य भोट माग्दै त्यहाँ आइपुगे ।

प्लटिङ रोक्ने एजेन्डा छ कि छैन भनेर प्रश्न गर्दा उनले भने, ‘प्लटिङ रोक्ने काम वडाध्यक्षको होइन । माथि प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री हुँदै नगरपालिकाको मेयरबाट नै लेखाएर आउने गरेकालाई वडाध्यक्षले रोक्ने कुरा हुँदैन । त्यो प्रश्न त प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई पो गर्नुस् ।’ खानेपानी, शिक्षा, स्वास्थ्य आदिको समस्या वडाध्यक्षमा जिते समाधान गर्ने उनले बताए । 

.....

गोदावरी नगरपालिका–१४ की एकल महिला ४० वर्षीया कविता महर्जन एकल महिलाको लागि आएको अनुदान पनि नेताकै आफन्तले पाएको बताउँछिन् । वाडेगाउँमा पुग्दा उनी आफ्नै घर अगाडि बसिरहेकी थिइन् । लोकान्तरकर्मीले के कस्तो विकासको अनुभूति गर्नुभयो भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘विकास त के हो के हो ? हामी स्थानीयले केही अनुभूति गरेका छैनौं तर एकल महिलाका लागि आएको अनुदान सहयोग पनि वडाध्यक्षले आफ्नै नातामा पर्ने धनीलाई नै बाँडे ।’

‘बाँसका सामग्रीहरू अनुदानबापत आएका थिए तर जनप्रतिनिधिले आफ्ना आफन्त भएका धनी व्यक्तिलाई मात्र छानीछानी बाँडे,’ उनले भनिन् ।

भूकम्पबाट क्षति भएको घरको मुआब्जा वितरणमा पनि काखापाखा गरिएको उनले बताइन् । ‘मेरो एउटा घर भुइँचालोका कारण भत्किएपछि कार्ड पनि दियो तर तपाईंको २ वटा घर छ भन्दै मलाई क्षतिपूर्ति दिइएन,’ उनले थपिन्, ‘तर ५ वटा घर भएका धनीलाई भने क्षतिपूर्ति दिइयो ।’ 

उनको छेउमै बसिरहेकी ४८ वर्षीया मैया महर्जन पनि तालिम, अवसर आउँदा नेताले आफ्नो कार्यकर्ता र आफन्तलाई मात्र दिने गरेको बताइन् । ‘कुखुरापालन, सिलाइदेखि अन्य विभिन्न किसिमका तालिमहरू आउने गर्छन्,’ उनले लोकान्तरसँग भनिन्, ‘तर हामी जस्तो सर्वसाधारणले त्यस्तो तालिम पाउँदैनौं, ट्याक्सी चढाएर भए पनि उनीहरूले आफन्तलाई नै तालिम दिलाउँछन् ।’

पशुपालनदेखि तरकारी खेतीसम्मको तालिम, अनुदानमा जनप्रतिनिधिले व्यापक भेदभाव गर्ने गरेको उनले सुनाइन् । ‘तालिमदेखि अन्य सबै अवसर होस् वा अनुदान सबैमा नेताले आफ्नैलाई दिने हो भने हामी सर्वसाधारणले भोट पनि किन दिने ?’ उनले प्रश्न गरिन् ।

... ... ...

गोदावरी नगरपालिका–१४ ठैव पुग्दा त्यहाँ एक जना स्वतन्त्र वडाध्यक्षमा उम्मेदवारी दिएका सुशील महर्जन भेटिए । केही स्थानीयसहित उनी आफ्नै सम्पर्क कार्यालयमा चुनाव प्रचारप्रसारको तयारी गरिरहेका थिए । विकास निर्माणको काममा भेदभाव हुने गरेका कारण दलीय हैकम तोड्नका लागि उम्मेदवारी दिएको उनले बताए ।

‘वाडेगाउँ र ठैव दुवै गाउँ पर्छ तर विकास निर्माणदेखि अवसर सबै दुवै ठाउँमा आउनुपर्नेमा वाडेगाउँमा मात्र गर्ने र ठैवलाई विभेद गर्ने गरिएको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यही भेदभावविरुद्ध मैले उम्मेदवारी दिएको हो ।’

गाउँमा भेटिएका राजकुमार श्रेष्ठ पनि भेदभाव भएको बताउँछन् । बाटोघाटो निर्माणदेखि भूकम्प पीडितलाई दिने गरिएको क्षतिपूर्तिमा समेत जनप्रतिनिधिले विभेद गरेको उनले बताए ।

‘वाडेगाउँका सबै भूकम्प पीडितले जनही ३ लाख रुपैयाँका दरले क्षतिपूर्ति पाए तर हाम्रो ठैवका ७० घर जतिकाले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन्,’ उनले भने । कहिले के कागज पुगेन भन्दै विभिन्न बहाना झिकेर क्षतिपूर्ति नदिएको उनले बताए ।

‘दलगत रिसइबी साँधेर भेदभाव गर्ने गरिएको उनले बताए । ‘ठैवमा भएको पर्ति जग्गामा ज्येष्ठ नागरिकको घुमघामका लागि एउटा पार्क बनाउन भन्दै हामी सबै स्थानीयले १२ लाखको बजेट प्रस्ताव गर्दा हामीलाई ५ लाख रुपैयाँ मात्र दिइयो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘तर वडाध्यक्ष जितेको वाडेगाउँमा भने १२ लाखका दरले महाकालदेखि अन्य स्थानमा पनि बजेट दिइयो ।’

स्थानीयले श्रमदान समेत गरेर जसोतसो ५ लाख रुपैयाँमा तारवार लगाएर संरक्षणको काम गरेको उनले सुनाए ।

खानेपानीमा हरिसिद्धिका स्थानीयले निःशुल्क खानेपानी पाउने गरे पनि ठैवका स्थानीयलाई न्यूनतम १०० रुपैयाँ शुल्क लिने गरिएको उनले बताए । पहिले हरिसिद्धि, ठैव र वाडेगाउँ एउटै गाविस थियो तर पछि हरिसिद्धि ललितपुर महानगरमा गाभिएपछि हरिसिद्धिका नागरिकले निःशुल्क खानेपानी पाए पनि अब ठैवका स्थानीयलाई भने शुल्क तिर्नु परेको गुनासो उनले गरे ।

वाडेगाउँ पुग्दा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार राजकुमार नापित आफ्नै सम्पर्क कार्यालयमा भेटिएका थिए । वडाध्यक्षमा जितेपछि पाउने पारिश्रमिक वा सुविधा सबै आफूले नलिएर जनताको विकासका काममा उपभोग गराउने उनले बताए । 

वडामा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अव्यवस्थित रहेका चिजलाई सुधार गर्दै लैजाने, खानेपानी, ढल निकास आदिको व्यवस्थापन गर्ने एजेन्डा रहेको उनले बताए ।

‘भूमिहीनलाई स्थायी लालपूर्जा वितरण गर्नेदेखि बिर्ता जग्गा, गुठीको जग्गा सबै संरक्षण गर्दै जनताको हितका लागि ‘भलाई कोष’ पनि स्थापना गर्नेछु,’ उनले लोकान्तरसँग भने, ‘शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद सबै क्षेत्रमा विकास गर्ने मेरो एजेन्डा छ ।’ 

नगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित भएका नेपाली कांग्रेसका मेयर र उपमेयर फेरि पनि उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन गरेर उम्मेदवारी दिइएको छ ।

कांग्रेसका लागि माओवादीले मेयर र उपमेयरमा उम्मेदवारी दिएको छैन । ‘माओवादीले जितेको स्थानमा वडाध्यक्ष माओवादीलाई नै दिने भनेर सहमति गरिएको थियो, त्यसकारण हामीले मेयर र उपमेयरमा उम्मेदवारी दिएनौं,’ माओवादीबाट वडाध्यक्षका उम्मेदवार रहेका नापितले लोकान्तरसँग भने, ‘तर त्यस आधारमा वडामा नेपाली कांग्रेसले नमानेपछि अब वडामा एक्लाएक्लै उम्मेदवारी दिइएको छ ।’

माओवादीले मेयर, उपमेयरमा उम्मेदवारी नदिए पनि कांग्रेसलाई भोट दिने वा नदिने भन्ने कुरामा अब पार्टीको केन्द्रबाट आउने निर्देशनमा भर पर्ने उनले बताए । त्यहाँ भेटिएका माओवादीका अन्य कार्यकर्ताहरू भने कांग्रेसले सहमति भाँडेको भन्दै कांग्रेसलाई मत नदिने बताएका थिए ।

नगरपालिकामा नेकपा एमालेबाट मेयरमा गम्भीर राणा र उपमेयरमा रोमी प्रधानाङ्ग शिलवालले उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरमा उम्मेदवारी दिइएको छैन । नेकपा एसले उपमेयरमा श्याम शिलवाललाई उम्मेदवार बनाएको छ ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...

जेठ २९, २०७९

'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् ...

जेठ २८, २०७९

१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् । बिहान ४ बजे उठ्ने, नित्...

असार ९, २०७९

एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अ...

असार १४, २०७९

​नेपालको औद्योगिक क्षेत्रमा एउटा ब्रान्डको रूपमा स्थापित नाम हो ‘सतिश कुमार मोर’ । वीरगञ्जमा जन्मिएका मोरको नाम आफैंमा ‘ब्रान्ड नेम’ त्यसै बनेको होइन । वीरगञ्जको हावापानी, बुवाको मार्...

जेठ २८, २०७९

बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए । उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बन...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x