१६ असार २०८३, मंगलबार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा टुहुरे निर्विरोध

कात्तिक २०, २०७४
 अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा टुहुरे निर्विरोध

काठमाडौं २९ असार –व्यस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) निर्विरोध भएका छन् ।

संसद सचिवालय सिंहदरवारमा विहीवार बसेको समिति बैठकले टुहुरेलाई सभापति चयन गरेको हो । नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका प्रस्तावक र माओवादी केन्द्रका गणेशमान पुन समर्थक रहे ।

यसअघिका सभापति प्रभु साह मन्त्री बनेपछि माओवादीको कोटामा रहेको समितिमा टुहुरे सभापति बनेका हुन् । जनवादी गायक टुहुरेलाई माओवादीले समानुपातिक सांसद बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्