२४ असार २०८३, बुधबार

काठमाडौंको नाइटक्लबमा राहुल गान्धी, भारतमा भयो हंगामा [भिडियोसहित]

बैशाख २०, २०७९
काठमाडौंको नाइटक्लबमा राहुल गान्धी, भारतमा भयो हंगामा [भिडियोसहित]

भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी यतिखेर नेपाल भ्रमणमा छन् । 

नेपाल भ्रमणका समयमा उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

काठमाडौंको एक नाइटक्लबमा देखिएका गान्धीको सो भिडियो भारतमा बढी भाइरल भइरहेको छ । 

यस भिडियोमा राहुल गान्धीमाथि विभिन्न ट्रोलहरू बनिरहेका छन् । 

विपक्षी दल बिजेपी प्रवक्ता शहजाद पूनावालाले राहुल गान्धी के गरिरहेका छन्, त्यो उनको निजी मामिला भएको बताएका छन् । 

आजतकसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राजस्थानमा कांग्रेसको सरकार रहेको र त्यहाँ अहिले हिंशा भइरहेको भन्दै गान्धीको ध्यान त्यता हुनुपर्थ्यो भने ।

भारतका केन्द्रीय मन्त्री किरेन रिजिजूले राहुल गान्धीको भिडियो शेयर गर्दै भ्याकेसन, होलिडे, ट्रिप तथा निजी विदेश भ्रमण आदिले अब देशका लागि कुनै नयाँ कुरा नभएको बताएका छन् । 

यता विजेपीकै नेता कपिल मिश्राले ट्वीट गर्दै राहुल गान्धीको निजी जिन्दगीको मामला हैन, राहुल गान्धी कसको साथ छन् ? उनले प्रश्न गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्