३१ जेठ २०८३, आइतबार

इलेक्ट्रिक स्कुटरमा समस्या : गुड्दागुड्दै लाग्यो आगो !

बैशाख २०, २०७९
इलेक्ट्रिक स्कुटरमा समस्या : गुड्दागुड्दै लाग्यो आगो !

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् ।

भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । 

तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । 

त्यहाँ सतीश कुमार नामका एक युवकले इलेक्ट्रिक स्कूटर चलाइरहेका थिए । 

यात्राकै क्रममा अचानक स्कूटीमा आगो बल्न थाल्यो । 

स्कूटी गुडिरहँदा नै सिटमुनी बाट आगो शुरू  भएको सतीशले बताएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

त्यसपछि उनले तत्कालै स्कूटीबाट निस्किए । 

उनले इलेक्ट्रिक स्कूटरको अघिल्लो साल किनेका थिए ।

यो घटना प्रतिनिधि घटना मात्रै हो । भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरमा आगो लागेको घटना निकै आइरहेका छन् ।

स्कुटर निर्माता कम्पनीहरूले किन यस्तो भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्