०१ साउन २०८३, शुक्रबार

भरतपुरको चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

बैशाख २०, २०७९
भरतपुरको चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने

भरतपुर महानगरपालिकामा बिहीवार (वैशाख २२) आयोजना गरिएको चुनावी सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । 

हाकिमचोकमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यस्तै कांग्रेसका नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

भरतपुरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहाल प्रमुखमा र कांग्रेसबाट चित्रसेन अधिकारी उपप्रमुखका उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्