![मदनकृष्णको स्वरमा ‘एउटा सपना छ’को लिजेन्ड्री भर्सन, जन्मदिन पारेर सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/madan_krishna_9gPSyAkuIN.jpg)
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनयमा ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ’गीतको लिजेन्ड्री भर्सन सार्वजनिक गरिएको हो ।
राजधानीमा एक कार्यक्रमका बीच उनको ७२ औं जन्मदिनको केट काट्दै उक्त गीत पनि सार्वजनिक गरिएको हो । पुष्पन प्रधानको शब्द एवं संगीत रहेको ‘एउटा सपना छ’गीत गतवर्ष मुन प्रसाईँको आवाजमा फिमेल भर्सन र पुष्पनकै आवाजमा मेल भर्सन सार्वजनिक भएको थियो ।
दुबै भर्सनलाई स्रोता एवं दर्शकले रुचाएसँगै अहिले मदनकृष्णको स्वरमा लिजेन्ड्री भर्सन तयार गरेर सार्वजनिक गरिएको हो ।

मदनकृष्णकी छोरी सरना श्रेष्ठको कथा, कन्सेप्ट र निर्देशनमा फिल्मी शैलीमा भिडियो तयार भएको हो ।
भिडियोमा मदनकृष्ण र अभिनेत्री आँचल शर्माको अभिनय छ । कार्यक्रममा मदनकृष्णले आफू शारीरिक रुपमा कमजोर भएपनि आत्मबल भने बलियो रहेको बताए ।
मदनकृष्णकी छोरी सरनाले पनि बुबाका लागी आफूले गीतसंगीतकै क्षेत्रमा केही गर्ने चाहाना भएको भन्दै बिभिन्न गीतकै काम गरिरहेको बताइन् ।
उत्तम हुमागाइँको छायाँकन रहेको भिडियोमा हरि हुमागाइँको डिओपी एवं सम्पादन छ ।
भिडियो