०५ असार २०८३, शुक्रबार

स्थानीय तह निर्वाचनका लागि जुुम्लामा पुगे मतपत्र

बैशाख २०, २०७९
स्थानीय तह निर्वाचनका लागि जुुम्लामा पुगे मतपत्र
प्रतिकात्मक तस्वीर

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा मंगलवार ७६ हजार थान मतपत्र आइपुगेका छन् । 

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिए । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उनले बताए ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो ।

जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् । 

salt training

कमेन्ट गर्नुहोस्